OnlinePana

आज : २०८१ बैशाख २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ ३१, २०८०सुर्खेत
२२६ पटक

३१ जेठ २०८०, बुधबार

कर्णाली प्रदेशका पत्रकारहरुका लागि ‘एन्टिमाईक्रोबियल रेजिस्टेन्स’ (प्रतिजैविक प्रतिरोध) विरुद्ध संवदेनशीलता कार्यशाला सञ्चालन गरिएको छ ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा युएसएआईडीको सहयोगमा आज राजधानी वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न कार्यशाला गोष्ठीमा यहाँका पत्रकार तथा सञ्चारकर्मीहरुलाई सचेतना प्रशिक्षण दिइएको हो । युएसएआईडीका मेडिसिन टेक्नोलोजिज एण्ड फार्मसेउटिकल सर्भिस कार्यक्रमका बरिष्ठ प्राविधिक सल्लाहकार डा.सन्तोष दुलालले एन्टिमाईक्रोबियल र यसको प्रतिरोधको पृष्ठभूमि, विश्वव्यापी फैलावट, राष्ट्रियस्तरमा देखापरेका चुनौति र भोग्नु परेका असरबारे प्रस्तुति राख्नुभयो ।

“एन्टिमाईक्रोबियल रेजिस्टेन्स विश्वमा साइलेन्ट महाव्यायधिका रुपमा देखापरेको छ,” उहाँले भन्नुभयो, “विश्वमा ५० प्रतिशत एन्टिबायोटिकमा अनावश्यक प्रयोग हुँदा त्यसले मानव जीवन, कृषि, प्राणी र वातावरणमा ठूलो असर परेको छ ।” यसबाट नेपाल जस्ता विकासोन्मुख देशहरुले समस्या भोग्दै आएको बताउँदै डा.दुलालले यसको चुनौति र असरहरुको सामनाका लागि विश्वव्यापीरुपमा रणनीति बनिसकेको र नेपालले पनि एन्टिमाईक्रोबियल रेजिस्टेन्ससँग जुध्न राष्ट्रिय कार्ययोजना निर्माण गरेको जनाउनुभयो ।

त्यस्तै, युएसएआईडीका डा.विवेका श्रेष्ठले एन्टिमाईक्रोबियल रेजिस्टेन्ससँगको लैङ्गिक असर र एक स्वास्थ्य नीतिको अवधारणाबारे आफ्नो प्रस्तुति राख्नुभयो । उक्त संस्थाका अर्जुन अधिकारीले एन्टिमाईक्रोबियल रेजिस्टेन्सले पारेको प्रभावका विषयमा खोज पत्रकारितासम्बन्धीका विषयवस्तु प्रस्तुत गर्नुभएको थियो । एन्टिबायोटिकको प्रयोगले हुने असरबारे सातै प्रदेशका नागरिकहरुलाई सुसूचित गराउन सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिकालाई ध्यानमा राखेर सचेतना प्रशिक्षण सञ्चालन गरिएको उहाँको भनाई थियो ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयका सचिव डा.भोजराज शर्मा काफ्लेले पत्रकारहरुले प्रकाशनमा ल्याउने यो मुद्दाको समाचार तथा लेखहरु हेर्न आफू आतुर रहेको बताउनुभयो । स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक डा.रविन खड्काले व्यक्ति, समाज र सिंगो मुलुकलाई प्रभाव पार्दै गएको एन्टिमाईक्रोबियल रेजिस्टेन्सबारे जनस्तरमा चेतना छर्न पत्रकारहरुको अहम् भूमिका रहेको जनाउनुभयो ।

उक्त कार्याशालमा बोल्दै युएसएआईडीका देशीय परियोजना निर्देशक डा.ब्रिना ट्रयापले एन्टिमाईक्रोबियल रेजिस्टेन्सले पारेको विश्वव्यापी असर र नेपाल जस्ता विकसित देशले भोग्नुपरेका समस्याका बारेमा जानकारी दिनुभयो । “यसले मानव जीवन, कृषि, जनावर तथा वातावरणमा असर पारेको छ,” उहाँले भन्नुभयो, “यो विषयको उजागर गर्न र नागरिकलाई सचेत गराई नीति निर्माताहरुलाई दबाब दिन पत्रकार सञ्चारकर्मीहरुको महत्वपूर्ण भूमिका छ ।”

प्रतिकृया दिनुहोस्