OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २३, २०८०जुम्ला,
२६९ पटक

जुम्ला २३ बैशाख ।

दैलेखको महाबु अस्पतालले शुक्रबार साँझ इमरजेन्सी ड्युटिमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि र्दुव्यवहार भएको भन्दै अनिश्चीत समयका लागि सेवा बन्द गरेको छ ।

शुक्रबार साझ स्थानीय ३४ वर्षीया पुष्पा खनाल घरमा बेहोस भई उपचारका लागि अस्पताल लिएको थियो, अस्पताल पुर्याउदा समेत बेहोस नै रहेकी उनको स्वास्थ्यकर्मीहरुले उपचार गरिसकेपछी सामान्य अवस्थामा फर्किएकी थिइन ।
अस्पतालमा परिक्षण सबै सामान्य नै थियो पछि अस्पतालमा उपलब्ध नहुने औषधि इन्जेक्सन र डि एन एस सलाईन बाहिरबाट ल्याउन भनेपछी विबाद उत्पन्न भएको थियो ।

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्था जस्तो अति संवेदनसिल क्षेत्रमा हुने अराजक, अमानविय व्यावहारको घोर भत्सना गर्दै पूर्ण सुरक्षाको ग्यारेन्टी सहित सहजरुपमा काम गर्ने बातावरण नभएसम्मका लागि अस्पतालको ईमरजेन्सी बाहेकाका सम्पूर्ण सेवा अनिश्चीत समयका लागि बन्द गरेको छ ।

कारवाहीको माग :

दुव्र्यवहारको बिरोध गर्दै नेपाल स्वास्थ्यकर्मी संघ दैलेख र नेपाल निजामति कर्मचारी युनियनले समेत प्रेस विज्ञप्ति जारी गरेका छन् । दैलेखको महाबु अस्पतालको इमरजेन्सी ड्यूटिमा खटिएका स्वास्थ्यकर्मी माथी दुव्र्यवहार गर्नेलाई कानुनी कारवाही गर्नु माग गरिएको छ । २२ बैशाखमा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने नेपाल निजामति कर्मचारी यूनियनले महाबु गाउँपालिका स्थानीय प्रकाश खनाल नेतृत्वको अपराधिक समुहलाई कानुनी कारवाहीको माग गरेको हो ।

अपराधिक समुहले अस्पतालमा ड्यूटिमा खटिएका स्वास्थ्यकर्मीहरु डा. आकाश कार्की, हेल्थ असिस्टेन्ट प्रेम परियार, अनमी रेजिना सिंह र अन्य स्वास्थ्यकर्मीलाई अस्पताल परिसरमा खुलेयाम अश्लिल गालीगलौज गरिएको छ । स्वास्थ्यकर्मीलाई ढुंगामुडा गरेर ज्यान मार्ने धम्की दिएकोप्रति ध्यानाकर्षण भएको नेपाल निजामती कर्मचारी यूनियनका केन्द्र उपाध्यक्ष तथा कर्णाली प्रदेशका अध्यक्ष चन्द्रबहादुर खड्का जानकारी दिए ।

उनले भने स्वास्थ्यकर्मीलाई इमेरजेन्सी वाडमा ताला लगाएर ड्यूटिमा खटिएको चिकित्सक, स्वास्थ्यकर्मीलाई बन्धक बनाएको घटना कुनै पनि हालतमा लम्य हुन सक्दैन । स्वास्थ्यकर्मी जनताको सेवा अहोरात्र खटिइ रहेको जगजाहेरै छ । दिनरात नभनि सेवामा जुट्ने अपराधिक मानसिकताबाट गुज्रिएका स्थानीयबाटै गरिएको कानुन विपरित कार्यको जति सुकै भत्सना गर्दा कम हुन्छ ।

प्रेस विज्ञप्तिमा भनिएको छ, दोषी उपर स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्वन्धि पहिलो संशोधन ऐन २०७२ बमोजिम कडा भन्दा कडा कानुनी कारवाही गर्न नेपाल निजामति कर्मचारी यूनियन प्रदेश कार्य समिति कर्णाली जोडदार माग गर्दछ । अपराधिक समुहमाथि कारवाही नभएको खण्डमा आन्दोलन गर्ने नेपाल निजामति कर्मचारी यूनियनले चेतवानी दिएको छ ।

महाबु गाउँपालिका दैलेखका कार्यबहाक अध्यक्ष मञ्जुकुमारी शर्माका अनुसार अस्पताल इमेरजेन्सी बाहेक अनिश्चितकालिन बन्द नै रहेको छ । उनले भनिन् घटनाका विषयमा छानविन समिति बनाएर घटना छानविन गर्ने तयारी गरिएको छ । दोषीलाई कानुनी कारवाही गरिने छ ।

 

प्रतिकृया दिनुहोस्