OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख १४, २०८० सुर्खेत
५५८ पटक

१४ बैशाख २०८०, बिहीबार

बिलिङ्क नाओ, कोपिला भ्याली बालगृह तथा महिला केन्द्रका संस्थापक म्याग्गी डोयनको पुस्तक ‘बिट्वीन माउन्टेन एण्ड द स्काई’ नामक पुस्तक विमोचन गरिएको छ ।

वीरेन्द्रनगर सुर्खेतमा आज एक कार्यक्रम आयोजना गरी कर्णाली प्रदेशसभा सदस्यहरु, प्रशासन तथा प्रहरी प्रमुख, शिक्षक, पत्रकार तथा नागरिक समाजको सहभागितामा उक्त पुस्तक बिमोचन गरिएको हो । उक्त विमोचन कार्यक्रममा बोल्दै लेखिका डोयनले हिमाल र आकाशमा रहेको देश नेपालको सुन्दरतलाई वर्णन पुस्तकको नाम ‘बिट्वीन माउन्टेन एण्ड द स्काई’ राखिएको बताउनुभयो ।

अमेरिकाको न्यूजर्सीमा सन् १९८६ नोभेम्बर ७ मा जन्मेर १७ वर्षको उमेरमै उत्तरी भारतमा बालगृहमा स्वयंसेविकाका रुपमा काम गर्नुभएका उहाँले दुई वर्षपछि नेपालको कर्णाली आएर अनाथ बालबालिकालाई अभिभावकत्व प्रदान गर्न सुरु गरेको बताउनुभयो ।

नेपालको कर्णाली प्रदेशअन्तरगत सुर्खेतमा बालगृह सञ्चालन, कोपिला भ्याली स्कुल, महिला केन्द्र स्थापना र सन् २०१५ को सिएनएन हिरो अवार्ड जितेदेखि हालसम्म भोगेका जीवनका कथा र प्राप्त उपलब्धिहरुलाई पुस्तकमा समावेश गरिएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, “पुस्तकमा यहाँका आमाहरुको माया, आशा, निराशा र पटक पटकको समयमा गुमाउँदाको पीडाका कथाहरु कोरिएको छ । मूलतः सशस्त्र संघर्षको बेला कर्णालीमा घुम्न आउँदा छ वर्षीय बालिका हिमाले नदी किनारमा परिवार पाल्नका लागि गिट्टी कुटिरहेको कारुणिक दृश्य र त्यसपछि उनको शिक्षाका लागि शैक्षिक सामग्री सहयोग गरेको कुरालाई उल्लेख गरिएको छ ।”

उहाँले अमेरिकी नागरिक भएपनि पनि हरित स्कुल बनाउने सपना लिएको भूमि नेपाल, दुर्गम कर्णाली र सुर्खेत वीरेन्द्रनगर नै आफ्ना लागि स्वर्गझैं प्रिय भएको जनाउनुभयो । म्याग्गीका अनुसार सुरुका दिनमा कठिन भएपनि अहिले सबैको साथ सहयोग पाएर अगाडि बढ्न उर्जा मिलेको छ ।

कोपिला भ्याली सेवा समाज सुर्खेतका सहसंस्थापक टोपबहादुर मल्लले विसं.२०६४ सालमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा संस्था दर्ता गर्दासमेत निकै समस्या झेल्न परेको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “सपना पुरा गर्नका लागि तमाम समस्या झेल्नु पर्दोरहेछ । डोयन र मैले धेरै ठूलो शिक्षा प्राप्त गरेका छैनौं यद्यपि शिक्षा दिनका लागि शिक्षा प्राप्त गर्नैपर्छ भन्ने रहेनछ ।” त्यसका लागि ईच्छाशक्ति, दृढ संकल्प र सत्विचार हुनुपर्ने सहसंस्थापक मल्लको भनाई थियो ।

प्रतिकृया दिनुहोस्