OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,फागुन १९, २०७९जुम्ला,
५०० पटक

फागुन १९ गते । नेकपा माओवादी केन्द्र जुम्लाले पोखरी घोषणापत्र जारी गर्ने भएको छ । माओवादी केन्द्र जुम्लाको सुदृढ अभियान अन्तरगत शनिवार अर्थात फागुन २० गते पोखरी घोषणापत्र जारी गर्ने भएको हो ।

जिल्ला ईन्चार्ज नरेश भण्डारीका अनुसार पार्टीलाई नयाँ ढंगवाट लैजान तथा पार्टी सुदृढ अभियानका लागि फिल्ड स्तरमा यूद्धकालिन पार्टी कार्यालय तिला ७  पाेखरी गाउँमा  पोखरी घोषणापत्र जारी गर्ने तयारी पुरा भएको बताएको छ । माओवादीले पोखरी गाउँमा घोषणापत्र जारी सहित नयाँ शिराबाट अगाडि बढ्ने योजना अघि सारेको हो । २० गते पोखरीमा पत्रकार सम्मेलन गरेर घोषणा पत्र जारी गर्ने भएको छ ।

सहिदको नाममा अभियान टोली :

यसैगरी जिल्ला स्तरीय २ महिने पार्टी सुदृढिकरण अभियान थालिएको छ । अभियान टोली भने माओवादीले जनयूद्धका प्रथम सहिदहरुको नाममा राखेको छ । माओवादीले जिल्ला स्तरमा परान अभियान टोली, तातोपानीमा पृथ्वी अभियान टोली, चन्दननाथमा पदम अभियान टोली, गुठिचौरमा हरि अभियान टोली, कनकासुन्दरीमा टसि अभियान टोली, सिंजामा लंक अभियान टोली, हिमामा दुर्ग रकम अभियान टोली, तिलामा तुल मुन अभियान टोली र पातारासीमा गोर अभियान टोली रहेको छ ।

यस्तो छ कार्ययोजना, को हुन अभियान कमाण्डर ?

नेकपा(माओवादी केन्द्र), जुम्लाले तय गरेको अभियानको कार्य योजना :
अभियानको नामः विकास र सम्वृद्धिका लागि पार्टी सुदृढीकरण अभियान !
मुल नाराहरु :
विकास र समृद्धिका लागि पार्टी सुदृढीकरण अभियान(प्रादेशिक) !
समृद्ध जुम्लाका लागि सुदृढ र विस्तारित माओवादी (जिल्ला) !
अभियानको संरचना :
अभियानको संरचना जिल्ला, पालिका, वडा र गाँउ सहित ४ तहको रहनेछ । अभियान टोलीको नामाकरण हरेक तहका प्रथम शहिदको नामबाट गरिनेछ । सम्बन्धित वडा र गाँउको शहिद नभएमा पालिकाभित्रका प्रथम शहिद वा अन्य शहिदको नामबाट अभियान टोलीको नामाकरण गर्ने । जनवर्गीय संगठनहरुको विभिन्न तहका अभियान संचालन गरेर परिचालन गरिनेछ ।
❖ अभियानको समयावधी : २०७९ फाल्गुन १४ देखि २०८० वैशाख १४ गते सम्म
❖ अभियानको उदेश्यः
• प्रदेशले निर्धारण गरेका अभियानका उदेश्यहरुनै जिल्ला अभियानका उदेश्यहरु हुनेछन् ।
१. ८५ हजार हजार पार्टी सदस्यसम्म पुग्ने गरी सवै तहका पार्टी कमिटीका बैठक र उनिहरूसंग अन्तरक्रिया सम्पन्न गरी पार्टी निर्माणका लागि आवश्यक सुझाव लिने ।
२. सवै प्रदेश स्तरका जवस र मोर्चाहरुले आ–आपनो संगठनको ठोस लक्ष्यसहित अभियान संचालन गर्ने ।
३. प्रदेश सरकार र स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षहरूमा जनपक्षीय नीति कार्यक्रम बनाई जनपक्षीय काम गर्न सर्वदलीय र सर्वपक्षीय अन्तरकिया गरी सुझाव संकलन गर्ने ।
४. एक संगठन एक उत्पादन, एक वडा एक लघु उद्यम, एक पालिका एक साना उद्योग, एक ​जिल्ला एक उद्योगग्राम कार्क्रम संचालन गर्ने गरी तत्काल उत्पादन समुह, कृषि तथा श्रम सहकारी, कम्पनीहरु निर्माण गरी सम्पुर्ण स्तरका श्रोत साधन परिचालन गरी परिणाममुखी नेतृत्व लिने ।
५. वैचारिक एवं राजनीतिक स्कुललाई वडास्तरसम्म संचालन गर्ने । सामाजिक तथा सांस्कृतिक रुपान्तरण बारे छलफल वहस अन्तरक्रिया गर्ने । समाज रुपान्तरणको नेतृत्व हाम्रो पार्टी र संगठनहरुले लिने ।
अभियानका कार्यक्रमहरु :
❖ यहि फागुन २० गते जनयुद्धको जिल्ला कार्यालय तिला गापाको पोखरीमा पत्रकार सम्मेलन आयोजना गरेर पोखरी घोषणा पत्रको रुपमा पत्रकार सम्मेलन आयोजना गरेर अभियानको कार्य योजना सार्वजनिक गर्ने ।
❖ फागुन २१ गते एक साथ जिल्लाका ६० वडाहरुमा अभियानको उद्घाटन कार्यक्रम गरेर अभियानको प्रभावकारी कार्यान्वयन गर्ने ।
❖ विकास निर्माण र जनजीविकाका विषयबस्तुहरुलाई समेटेर सम्बन्धित तहका अभियान टोलीहरुले फागुन २५ गते जुम्ला जिल्लाका सम्पुर्ण पालिका एवं वडाहरुमा मागपत्र पेश गर्ने ।
❖ नेकपा(माओवादी केन्द्र) जुम्लाको इतिहास लेखनको लागि केन्द्रिय सल्लाहकार कमरेडहरु डा.भिम केसी, डा. कलबहादुर रोकाय, हरीबहादुर भण्डारी र हिक्मत बुढथापा सम्मिलित इतिहास लेखन समिति गठन गरिएको छ ।
❖ जिल्लाका गतिविधिलाई व्यवस्थित र प्रभावकारी बनाउन सुचना प्रविधि सम्बन्धी ज्ञान भएको कमरेडलाई नियमित काम गर्नेगरी नियुक्त गर्ने ।
❖ जिल्ला पार्टी कार्यालय निर्माण र जनयुद्धको जिल्ला कार्यालय रहेको पोखरी विशेष पार्टी कार्यालय निर्माण गर्न जमिन खरिद तथा प्राप्ति समितिहरु गठन गर्ने ।
❖ अन्तर प्रदेश तथा अन्तर पालिका टोली निर्माण तथा परिचालन गर्ने ।
❖ अभियान टोलीको कमाण्डरले हरेक दिनको श्रब्य दृश्य रिपोर्ट जिल्ला कार्यालयमा अनिवार्य पेश गर्ने ।
❖ अभियान टोलीले आफ्ना गतिविधिको नियमित समिक्षा गर्ने र अभियानमा क्रियाशिल नहुने टोली सदस्यका सम्बन्धमा जिल्ला कार्यालयलाई रिपोर्ट गर्ने ।
❖ जिल्लाले महिनामा एक पटक, पालिकाले १५ दिनमा १ पटक र वडाले हप्तामा १ पटक अभियानको समिक्षा गर्ने र नियमित लिखित प्रतिवेदन पेश गर्ने।
❖ पालिका, वडा र गाँउ स्तरीय अभियान टिम निर्माण गर्ने । पालिका अभियान टोलीले गाँउ स्तरीय अभियान टोली गठन गर्ने ।
❖ अभियान टोलीले कार्यकर्ता, जनता र सम्बन्धित भुगोलको समस्या पहिचान गरी प्रतिवेदन पेश गर्ने ।
❖ शहिदहरुको स्मृति, सम्मान, योगदानसँग सम्बन्धित विषयमा गतिविधिहरु गर्नका लागि शहिद स्मृति प्रतिष्ठान स्थापना गर्ने ।
❖ शहिद सप्ताहको अवधिभर शहिद परिवार तथा घाइते योद्धाहरुलाई घर दैलोमा पुगेर भेटघाट गर्ने । देश र जनताको मुक्तिका लागि उहाँहरुले गरेको योगदानको कदर गर्न विभिन्नस्तरमा अभिनन्दन कार्यक्रमहरु आयोजना गर्ने ।
❖ गणतन्त्र, संघियता, समावेशिता, विकास र समृद्धि लगायतका समसामयिक विषयमा अन्तरक्रिया, वक्तित्वकला, गजल, कविता, गित, खेलकुद कार्यक्रमहरु आयोजना गर्ने ।
❖ व्यक्तिगत र सामुहिक समस्या समाधानको विधि पेश गर्ने ।
❖ विकास र समृद्धिको मोडलका बारेमा विभिन्न स्तरमा बहसहरु गर्ने ।
❖ गाँउ, वडा र पालिका र जिल्लाको विकास र समृद्धिको आवधिक गुरु योजना तयार गर्ने । प्राथमिकिकरण सहित विकास योजनाहरुको प्रोजेक्ट बैंक तयार गर्ने ।
❖ संस्थागत निर्णय गरेर मात्र विकास आयोजनाहरु पेश गर्ने ।
❖ पार्टीको नियन्त्रणमा स्थानीय सरकारलाई परिचालन गर्ने ।
❖ समाजवाद उन्मुख विकास र समृद्धिको कार्यक्रम निर्माण गर्ने पार्टी नेतृत्वका पालिकाहरुमा शहिद परिवार तथा घाइते अपाङ्गता लक्षित आयआर्जन लगायतका अन्य कार्यक्रमहरु निर्माण गर्ने ।
❖ पार्टीको नेतृत्वमा सरकार नभएका पालिका र वडाहरुमा छाया सरकार बनाउने ।विकास निर्माण, जनजीविका र शहिद परिवार तथा घाइते अपाङ्गता लक्षित आयआर्जनका कार्यक्रमहरु निर्माण गर्न दवाव सिर्जना गर्ने।
❖ पार्टीको नेतृत्वमा सरकार नभएका पालिका तथा वडाहहरुमा कार्यान्वयनको समय तोकेर मागहरु पेश गर्ने । मागहरु सम्बोधन नभएमा संघर्षका कार्यक्रमहरु अगाडि बढाइने ।
❖ जिल्लास्तरीय र पालिका स्तरीय सहकारी गठन गर्ने । एक संगठन एक उत्पादनको लक्ष्य अनुरुप एक वडा एक उत्पादन कार्यक्रम संचालनको आधार खडा गर्ने ।
❖ पार्टीका समग्र गतिविधि र पार्टी सदस्यहरुको डिजिटल अभिलेख राख्ने । नियमित सुचना र जानकारी सम्प्रेषण गर्न वेभ साइड संचालन गर्ने । कार्यकर्ताहरुका लागि डिजिटल साक्षरता कक्षा संचालन गर्ने ।
❖ नेता तथा कार्यकर्ताहरुको राजनैतिक बैचारिकस्तर अभिबृद्धि गर्न स्कुलिङ्ग संचालन गर्ने ।
❖ पार्टीका सम्पुर्ण गतिबिधिहरुको डिजिटल अभिलेख राख्ने । सदस्यता वितरण, नविकरणगरी पार्टी सदस्यहरुको व्यवस्थित अभिलेख राख्ने ।
❖ आर्थिक अनुसशासनसँग सम्बद्ध गरेर लेवीलाई व्यवस्थित र नियमित गर्ने । लेवी नतिर्ने र क्रियाशिल नहुने पार्टी सदस्यहरुलाई समर्थकमा अभिलेखिकरण गर्ने ।
❖ विभिन्न तहका संगठनहरूको गठन पुनर्गठन गर्ने ।
❖ विभिन्न समयमा विविध कारणले पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरूलाई पुन: पार्टीमा आबद्ध गर्न घर फर्कन विशेष पहल गरिनेछ ।
❖ कार्य सम्पादनलाई मुल्याडकनको आधार बनाइनेछ ।
❖ पार्टी नेता तथा कार्यकर्ताहरुले सामाजिक संञ्जालमा गर्ने पार्टी विरुद्धका गतिविधिहरुलाई अनुशासनको विषय बनाइनेछ ।
❖ अभियान टोलीको नामाकरण देहाय बमोजिमका शहिदको नामबाट गरिएको छ :
परान अभियान टोली – जिल्ला
पृथ्वी अभियान टोली – तातोपानी गाउँपालिका
• पदम अभियान टोली – चन्दननाथ नगरपालिका
• हरि अभियान टोली – गुठीचौर गाँउपालिका
• टसी अभियान टोली – कनकासुन्दरी गाउँपालिका
• लंक अभियान टोली – सिंजा गाँउपालिका
• दुर्ग रकम अभियान टोली –हिमा गाउँपालिका
• तुल मुन अभियान टोली – तिला गाँउपालिका
गोर अभियान टोली – पातारासी गाँउपालिका
कार्य विभाजन – केन्द्रिय समितिका तर्फबाट
चन्दननाथ नगरपालिका – नरेश भण्डारी
तातीपानी गाँउपालिका – गोमा गौतम कुँवर
तिला गाँउपालिका – गोमा गौतम कुँवर
पातारासी गाँउपालिका – शुरेस पहाडी
गुठीचौर गाँउपालिका – नवराज न्यौपाने
कनकासुन्दरी गाँउपालिका – डा∙ कल बहादुर रोकाया
सिञ्जा गाँउपालिका –दलबहादुर जिसी
हिमा गाँउपालिका – लक्षमीकन्या बुढा
अभियान कार्यालय – केन्द्रिय सल्लाहकारहरु डा∙ कलबहादुर रोकाया र हरीबहादुर भण्डारी तथा केन्द्रिय जेष्ठ कम्युनिस्ट मंचका सदस्यहरु टसीबहादुर बुढा र खाम्मा रावत ।
कार्य विभाजन – प्रदेश समितिका तर्फबाट
चन्दननाथ नपा − रविकिरण, कल्पना महत, दुर्गा थापा, देवीचन्द्र उपाध्याय,
पातारासी गापा – रज बहादुर शाही, तिर्सना
गुठीचौर गापा – विमुख, शाहसी, विष्णुमाया
कनकासुन्दरी गापा – डा∙ कल बहादुर रोकाया, शुसिल, हिमाली
सिञ्जा गापा – गौरब, मनोज
हिमा गापा – अनिल, ललित महत
तिला – दिपक, पुर्णीमा विक
तातोपानी – चुनौती, कल्पना दमाई, गंगा उपाध्याय
स्कुलिङ्ग विभाग – प्रकास रोकाया
चन्दननाथ नगरपालिका
चन्दननाथ नगरपालिका – १, दुर्गा थापा
चन्दननाथ नगरपालिका – २, देवीचन्द्र उपाध्याय
चन्दननाथ नगरपालिका – ३, कमल खत्री
चन्दननाथ – ४, चन्द्रविर तिरुवा (रविकिरण)
चन्दननाथ नगरपालिका – ५, राज बहादुर भक्री
चन्दननाथ – ६, लक्ष्मी खत्री
चन्दननाथ नगरपालिका – ७, हस्त सेजुवाल
चन्दननाथ नगरपालिका –८, राजेश विक
चन्दननाथ नगरपालिका –९, मिनबहादुर डाँगी
चन्दननाथ नगरपालिका –१०, जगननाथ उपाध्याय
गुठीचौर गाउँपालिका
गुठीचौर गाउँपालिका – १, लाल बहादुर रावल
गुठीचौर गाउँपालिका – २, लक्षमण थापा र चन्द्र बहादुर नेपाली
गुठीचौर गाउँपालिका – ३, विष्णुमाया बुढा
गुठीचौर गाउँपालिका – ४, नवराज न्यौपाने
गुठीचौर गाउँपालिका – ५, राज कुमार शाही
पातारासी गाँउपालिका
पातारासी गाउँपालिका – १ भक्त बहादुर बुढा, बिर्ख बोहरा
पातारासी गाँउपालिका – २, कृष्ण बुढा, जय बहादुर र एडि मनसिंह नेपाली
पातारासी गाँउपालिका – ३, सेते बोहरा, गोर बहादुर बुढा, नविन रोकाया
पातारासी गाँउपालिका – ४, तिर्सना हमाल र काली बहादुर ऐडि ,
पातारासी गाँउपालिका – ५, मायादेबी बोहरा र नर बहादुर बुढा
पातारासी गाँउपालिका – ६, राज बहादुर शाही र दल बहादुर बुढ्थापा
पातारासी गाँउपालिका – ७, जनम महतारा र गौरी बुढा
सिञ्जा गाउँपालिका
सिञ्जा गाउँपालिका – १ नविन राज शर्मा
सिञ्जा गाउँपालिका – २, मनोज बुढाथोकी मगर
सिञ्जा गाउँपालिका – ३, गौरव ब महत
सिञ्जा गाउँपालिका – ४, हिक्मत खत्री
सिञ्जा गाउँपालिका – ५, दिग्दर्शन जैसि
सिञ्जा गाउँपालिका – ६, पुर्ण प्रसाद धिताल
तातोपानी गाउँपालिका
तातोपानी गाउँपालिका – १, जनक शाही
तातोपानी गाउँपालिका – २, गंगा उपाध्याय र मान बिर सार्की
तातोपानी गाउँपालिका – ३, कल्पना दमाई र जय उपाध्याय
तातोपानी गाउँपालिका – ४, जक्ती प्रसाद न्यौपाने र धन व रावत
तातोपानी गाउँपालिका – ५, नरेन्द्र कठायत र गोकर्ण चौलागाई
तातोपानी गाउँपालिका – ६, चुनौती र राम प्रसाद पराजुली
तातोपानी गाउँपालिका – ७, डिल्ली रावल र जनक कुवर
तातोपानी गाउँपालिका – ८, पुर्ण धिताल र जलजला
तिला गाउँपालिका
तिला गाउँपालिका -१, हिमाली रोकाया र गोरीकला बुडा
तिला गाउँपालिका -२, जंग व बस्नेत र महेश नेपाली
तिला गाउँपालिका – ३, राम व रावत र लाल व सुनार
तिला गाउँपालिका – ४, जनक परियार र ज्वरीलाल भटराई
तिला गाउँपालिका – ५, जगत व शाही र दिप व शाही
तिला गाउँपालिका – ६, सन्तबिर रावत र हस्त व बुढा र प्रेम वस्नेत
तिला गाउँपालिका – ७, मोतीलाल रोकाया र शिवलाल चौलागाई
तिला गाउँपालिका – ८, बिर व बुढा र समीर बोहोरा
तिला गाउँपालिका – ९, दिपक गौतम र अर्जुन बुढा र हंश बस्नेत
हिमा गाँउपालिका
हिमा गाँउपालिका -१, ललित महत
हिमा गाँउपालिका -२, गोपाल रोकाया
हिमा गाँउपालिका -३, रतिमान बि क
हिमा गाँउपालिका – ४, अग्रबहादुर शाही
हिमा गाँउपालिका – ५, मुन बुढा
हिमा गाँउपालिका -६, भवानीप्रसाद अधिकारी
हिमा गाँउपालिका – ७, ज्योती रोकाया
कनकासुन्दरी गाउँपालिका
कनकासुन्दरी गाउँपालिका – १, भिम भण्डारी
कनकासुन्दरी गाउँपालिका – २, सेर व रावत
कनकासुन्दरी गाउँपालिका – ३, क∙ सुसिल
कनकासुन्दरी गाउँपालिका – ४, क सुर्यमणी
कनकासुन्दरी गाउँपालिका – ५, बिष्णुबहादुर बडुवाल
कनकासुन्दरी गाउँपालिका – ६, पुर्णिमा
कनकासुन्दरी गाउँपालिका – ७, राजजंग हमाल
कनकासुन्दरी गाउँपालिका – ८, गणेश सन्ज्याल
नेकपा(माओवादी केन्द्र)
जिल्ला समन्वय समिति, जुम्ला ।
प्रतिकृया दिनुहोस्