OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १५, २०७९सुर्खेत
२७२ पटक

१५ माघ २०७९, आइतबार

कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले अहिलेको माग भनेकै जनताको अवस्था परिवर्तन भएको बताउनुभएको छ ।

प्रेस सेन्टर नेपाल १९औं स्थापना दिवसको अवसरमा उक्त संगठनको कर्णाली प्रदेश समितिद्वारा आज राजधानी वीरेन्द्रनगरमा आयोजित ‘दिगो विकासमा आमसञ्चारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शर्माले मुलुकको व्यवस्था बदलिए पनि जनताको अवस्था परिवर्तन हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको माग भनेकै उनीहरुको अवस्था परिवर्तन हो । त्यसतर्फ हामी केन्द्रित हुनुपर्ने बेला आएको छ ।”

मुख्यमन्त्री शर्माले मिडिया क्षेत्रले जनताका समस्या मात्र नभई त्यसको समाधानका उपायसमेत उजागर गर्न आग्रह गर्नुभयो । जनताको कामदारको रुपमा आएको जनाउँदै उहाँले भन्नुभयो, “म कामदार हुँ। मलाई काम गर्न दिनु हुनेछ । कर्णालीको समृद्धिको सपना पुरा गर्ने अभिभारा हामी सबैको रहेको जनाउँदै उहाँले देशको अवस्था परिवर्तनका मुद्दामा पत्रकारिता जगत्बाट अपेक्षित सहयोग पुग्ने बताउनुभयो ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले पत्रकारका समस्याहरु हल गर्न प्रतिवद्ध रहेको बताउनुभयो । कर्णालीसहित सिंगो दिगो विकास गर्न र यहाँ जनतालाई सहि सूचना दिन पत्रकारहरुको भूमिका प्रशंसनीय रहेको जनाउँदै उहाँले अब छिटै आमसञ्चार प्रतिष्ठान गठनको विधेयक ल्याउने तयारी भइरहेको जनाउनुभयो ।

पत्रकारिता जगतामा देखिएका पत्रकारका गुनासा आगामी बजेटबाट सम्बोधन कसरी गर्न सकिन्छ भन्ने बारेमा आवश्यक परामर्श लिने उहाँको भनाई थियो । अन्तरक्रियमा मध्यपश्चिम विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका उपप्राध्यापक युुवराज शर्माले कर्णालीको पत्रकारिताबारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

 

उक्त कार्यपत्रमाथि मध्यपश्चिम विश्वविद्यालयका पूर्वडीन पिताम्बर ढकाल, महासंघ कर्णालीका अध्यक्ष देविराम देवकोटा, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय कोषाध्यक्ष सुर्यमणि गौतम, विभिन्न पेशागत संघ÷संगठनका प्रमुखहरुले आफ्नो धारणा राखेका थिए ।

 

प्रतिकृया दिनुहोस्