OnlinePana

आज : २०८१ पौष २९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ ३, २०७९सुर्खेत
२५४ पटक

३ माघ २०७९, मंगलबार

एक्कासी घर भित्रबाट निकै जोडले कराएर रोएको आवाज आउँछ । त्यसमा धेरै मान्छेहरुको चिच्याहट सुनिन्छ । रोएको आवाज सुनेर घर बाहिर रहेकी एउटा महिलाले बचाऔं, बचाऔं भनेर गुहार मागिरहेकी हुन्छिन् ।

महिलाले गुहार माग्दै गर्दा त्यहा नजिक रहेका मान्छेहरु पनि हत्तासिएर रोएको दृश्यले धेरैको ध्यान केन्द्रित गराउँछ । वरपर बसेका मानिसहरु हल्लाका आवाज सुनेपछि एक दुई गर्दै जम्मा हुन्छन् । घटनाका विषयमा स्थानीयले प्रहरीलाई जानकारी दिन्छन् । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विपद उद्धार टोली तत्काल आवश्यक सामग्रीसहित लिएर घटनास्थलमा पुग्छ ।

हतपत्र गरेर उनीहरुले एकातिर भूकम्पले च्यापिएका र अर्कोतिर आगलागीबाट पोलिएका मान्छेहरु उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली दमकलबाट आगो निभाउने र घाईतेहरुलाई जतिसक्दो घर बाहिर निकाल्छ । घटनास्थलमा पुगेका रेडक्रस र स्वास्थ्यकर्मीहरुको टोलीले विपद्का कारण घाइते मानिसलाई उपचारमा तदारुकता देखाउँछ ।

वास्तविक एवं अत्यन्तै कहाली र कारुणिक लाग्ने मंगलबारको त्यो दृश्य थियो कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित घण्टाघर परिसरमा पर्ने खुलाचौरको । यद्यपि यो दृश्य भने सत्य थिएन । कर्णाली प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आयोजित ‘२५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस, २०७९’को अवसरमा प्रदर्शन गरिएको ‘कृत्रिम घटना अभ्यास (सिमुलेसन) ।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने नारालाई जीवन व्यवहारमा उतार्न, विश्वमा भूकम्पको जोखिमका हिसाबले ११औं स्थानमा रहेको नेपाल र त्यसमा अँझ बढी जोखिम मानिएका कर्णालीका भौतिक संरचना र यहाँको नागरिकहरुको जीवन सुरक्षा गर्ने उद्देश्यले ‘कृत्रिम घटना अभ्यास’ गरिएको आन्तरिक मामिला मन्त्रालयका निमित्त सचिव निधिराज न्यौपानले जानकारी दिनुभयो ।

भूकम्प, बाढी, पहिरो, आगलागी जस्ता प्राकृतिक विपत्ति पर्दा कसरी जोगिने, विपद्पूर्व के गर्ने, विपदको समय र त्यसभन्दा पछि कसले के गर्नुपर्ने भन्ने तयारीका लागि नेपाली सेना, सशस्त्र प्रहरीको विपद् उद्धार तथा खोज टोलीले कृत्रिम घटना अभ्यासबाट वास्तविक जीवनमा आईपर्ने जोखिमदेखि बच्ने तयारीका विषयमा चेतनामूलक सन्देश दिइएको निमित्त सचिव न्यौपाने बताउनुभयो ।

उक्त कार्यक्रममा सहभागी कर्णाली प्रदेश सरकारका विना विभागीय मन्त्री मंगलबहादुर शाहीले कर्णालीमा भूकम्पको जोखिम र त्यसले ल्याउने विपद्बाट बचाउन सुरक्षित पूर्वाधारका संरचना निर्माण आवश्यक रहेको बताउनुभयो । उहाँले संरचना निर्माणका साथै सचेतनामूलक कार्यक्रम प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव डा.गोपीकृष्ण खनालले विपद् जोखिमसँग जुध्न आवश्यक कार्ययोजना र त्यसको प्रभावकारी कार्यान्वयन मुख्य विषय भएको बताउनुभयो । जनधनको क्षति हुन नदिन विपद् पूर्वतयारी काम र त्यसमा सबै क्षेत्रको समन्वय र सहकार्य हुनुपर्ने प्रमुख सचिव डा.खनालको भनाई थियो ।

 

प्रतिकृया दिनुहोस्