OnlinePana

आज : २०८१ जेठ ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,माघ ३, २०७९जुम्ला,
४४० पटक

 जुम्ला, माघ ३ गते ।

देशको करिब एक चौथाई भूगोल ओगट्ने कर्णालीबाट कार्यकारी भूमिकामा कोही नअट्ने यो सरकारको तस्विर हेरी के भन्नु ? जुम्लाका लेखक माधव चौलागाई सरकारको मन्त्रीपरिषद गठन पछि आफ्नो प्रतिक्रिया सामाजिक सञ्जालमा लेख्नु हुन्छ ।सरकारले नयाँ मन्त्री मण्डल गठन गर्दा यस पटक पनि कर्णालीबाट कसैलेपनि मन्त्री हुने अवसर पाएनन् । नयाँ मन्त्रीको सामाजिक सञ्जालमा वधाईको ओहिरो सँगै विभिन्न प्रतिक्रिया आउन थालेका छन् ।

अझत साविक कर्णाली त्यसमा पनि जुम्ला लामो समय देखी संघीय सरकारको मन्त्रीमा सहभागि हुने अवसर पाएको छैन् । साविक कर्णालीबाट पछिल्लो समय २०७० सालमा हुम्ला र कालिकोटले मन्त्रीमण्डलमा जाने अवसर पाएपनि जुम्लाको लामो समय उपस्थिति हुन सकेको छैन् ।  विशेषगरी राप्रपाका ज्ञानबहादुर शाही ( ज्ञानेन्द्र शाही) ले  जुम्लाबाट जित हाशिल गरेपछि यस पटक सम्भावना भनिएको थियो ।  र दावी गर्दै आएका थिए ।

जुम्ला तत्कालिन खस साम्राज्यको राजधानी हो । पछिल्लो कालखण्डमा जुम्ला ४१ बर्ष यता क्याविनेट मन्त्रीमा पुग्न सकेको छैन् ।
बि.सं २०४८ देखी हाल सम्मका कुनै पनि लोकतान्त्रिक सरकारमा पनि जुम्ला सरकारको फुल मन्त्रीमा समावेश हुन सकेको ईतिहास छैन । जुम्लाको ईतिहासमा ४१ बर्ष अगाडि तत्कालिन समयमा हरिश्चन्द्र महत यातायात निर्माण हुदै जलस्रोत मन्त्री हुनुभएको थियो ।

जुम्लाका संविधानसभा सदस्य तथा पाका नेता बलबहादुर महतका अनुसार जुम्लाले ४१ बर्ष देखी संघीय सरकारको फुल मन्त्री पाएको छैन् । उहाँका अनुसार पछिल्ला परिवर्तनका समयमा भन्दा पनि त्यो वेला जुम्लाका हरिश्चन्द्र महत यातायात निर्माण मन्त्री र जलस्रोत मन्त्री भएको ईतिहास रहेको छ । उहाँका अनुसार २०३८ सालमा हरिचन्द्र महत जलस्रोत मन्त्री हुनु भएको थियो ।

जुम्लामा वि.सं २०४८ नेमकिपाबाट डिल्लीबहादुर महत, २०५१ सालमा नेमकिपाबाटै भक्तबहादुर रोकाया, २०५६ सालमा नेकपा एमालेबाट देविलाल थापा, वि.सं २०६४ सालमा नेकपा माओवादी केन्द्रबाट नरेश भण्डारी, २०७० सालमा नेपाली कांग्रेसबाट ललितजंग शाही, २०७४ सालमा नेकपा माओवादीबाट गजेन्द्रबहादुर महत संघीय संसदमा पुग्दा क्याभिनेट मन्त्री कुनैपनि सरकारले लिन सकेनन् । यस पटक (२०७९) सालको निर्वाचनमा राप्रपाबाट भारी मत वोकेर गएका ज्ञानेन्द्रबहादुर शाही पनि मन्त्री नहुदा जुम्लाले यस पटक पनि सरकारको मन्त्री हुने अवसर गुमाएको हो । जवकी ज्ञानेन्द्रबहादुर शाहीले आफ्नो चुनावी मन्तब्यमा मन्त्री हुने समेत बताएका थिए । जोश र जागर सहित संसदमा छिरेका ज्ञानेन्द्रबहादुर शाही र जुम्लाको सपना यस पटक पनि राप्रपाले गुमाईदिएको छ । पछिल्लो मन्त्री मण्डल गठनमा सम्भावित व्यक्ति ज्ञानेन्द्र शाहीलाई पाखा लगाएपछि विभिन्न प्रतितिक्रिया समेत आउन थालेका छन् । जवकी करिब ६ सय मत भएको राप्रपाको हलो चिन्हबाट ज्ञानेन्द्रले भारी मत ल्याएर राप्रपालाई बिजय गराएका थिए ।

२०४८ साल यताको संददीय ईतिहासमा केन्द्रमा ४ जना राज्यमन्त्री भएका छन् । वि.सं २०५१ सालमा नेमकिपाबाट जितेर सांसद भई कांग्रेस हुनु भएका नेता भक्तबहादुर रोकाया (२०५२) सालमा वनराज्यमन्त्री हुनु भएको थियो । नेमकिपाबाटै २०४८ सालमा जितेर एमाले हुनु भएका डिल्लीबहादुर महत सो समयमा नभई वाहिर हुदा माधव नेपाल प्रधानमन्त्री भएको समयमा शान्ति तथा पुर्ननिर्माण राज्य मन्त्री हुनु भएको थियो । वि.स. २०७० सालमा दोस्रो संविधानसभाको समयमा एमालेबाट समानुपातिक सांसद भएका बलबहादुर महत केपी ओली प्रधानमन्त्री हुदा सस्कृति, पर्यटन तथा नागरिक उड्डन राज्य मन्त्री हुनु भएको थियो । नेकपा माओवादीका नेता गोमा कुँवर २०७४ भदौमा राज्यमन्त्री हुनु भएको थियो । यो पटक भने माओवादीले जुम्लाबाट कुँवरलाई टिकट दिदा जित हाशिल नहुदा उहाँको मन्त्री हुने सपना तुहियो । उहाँको जीत भईदिएको भए कर्णालीमा माओवादीबाट प्रत्यक्ष जित्ने एकमात्र महिला सांसदको ईतिहास रच्न सकिन्थ्यो ।

जुम्लाबाट कर्णाली प्रदेश सरकार गठन पछि ३ जना प्रदेश मन्त्री भएका छन् । माओवादी नेता नरेश भण्डारी आन्तरिक मामिला तथा कानून मन्त्री हुनुभएको थियो । उहाँ यस पटक (२०७९) को संसदीय निर्वाचनमा संघीय ससद टिकटको दौडमा भएपनि पार्टीले टिकट दिएन् । टिकटै नपाएपछि कर्णालीका भिजनरी विकासवादी नेता भण्डारीको मन्त्री हुने सपना गुम्यो । यसका साथै कर्णाली प्रदेशमा कांग्रेसका दिनवन्धु श्रेष्ठ नेपाली कांग्रेस र एकिकृत समाजवादीका पदमबहादुर रोकाया भौतिक पूर्वाधार मन्त्री हुनु भएको छ ।

यस पटक ज्ञानेन्द्र शाहीले  जीत पछि सरकारको मन्त्री हुने अवसर ठूलो थियो । तर राप्रपा भित्र त्यो अवसर नदिएपछि जुम्लाको ईतिहासमा लामो बर्षमा संघीय सरकारको फुल मन्त्री हुने दिनको पखाईको समय लम्बिएको छ । यस पटक पनि मन्त्री मण्डलमा जुम्ला अट्न सकेन भन्ने बिषयमा प्रतिक्रिया लिन खोज्दा जुम्लाका सांसद ज्ञानेन्द्र बहादुर शाहीको टेलिफोन भने सम्पर्क हुन सकेको छैन् ।

यस्तो छ, यसपटक मन्त्री मण्डल:

प्रतिकृया दिनुहोस्