OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताबैशाख २२, २०७७काठमाडौं
५१२ पटक

जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर मेसिनबाट स्वाब परीक्षण सुरु भएको छ । पहिलो पटक मुगुको खत्याडमा खटिएका ६ जना स्वास्थ्यकर्मी र एक जना तातोपानी गाउँपालिकाका स्थानीयको स्वाब परीक्षण गरिएको हो । प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेका अनुसार तातोपानीका स्थानीय ४५ दिन अघि भारतबाट आएका थिए ।

कर्णालीको जुम्लामै पिसिआर मेसिनबाट स्वाब परीक्षण सुरु भएपछि यहाँ कोरोना परीक्षण गर्न सहज हुने भएको हो । रजिष्टार काफ्ले भन्छन्, ‘ निकै ठूलो चुनौति र अभावका बीच पिसिआर मेसिन सञ्चालनमा आएको हो ।

पहिलो चरणमा दुई सय किट आएको हो । शनिबारसम्म एक हजार किट मगाउन पहल भइरहेको छ । किट उपलब्ध हुने बित्तिकै जुम्ला भित्रिएका सबैको स्वाब परीक्षण हुने कर्णाली प्रतिष्ठान बताउँछन् । जुम्ला, मुगु र कालिकोटबाट पनि स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी प्रतिष्ठानको छ । आवश्यक किट नहुदा पिसिआर मेसिन एक हप्ता प्रयोेगमा आउन सकेको थिए । परीक्षण गरिएकाहरुको रिपोर्ट दुई चार घण्टाभित्रै आउने प्रतिष्ठानले जानकारी दिएको छ ।

पिसिआर मेसिन आएर इन्स्टल भइसक्दा पनि किट नहुदा प्रयोगमा आउन सकेको छैन, रजिष्टार काफ्लेले भने,‘किट पुग्ने बित्तिकै परिक्षण कार्य सुरु भइसकेको छ । समग्र कर्णालीको लागि यो खुसिको विषय हो । ’अब बाहिर जिल्लाबाट आएकाहरुको स्वाब संकलन गरेर सहजै रुपमा परिक्षण गर्न सकिने भएको हो । पिसिआर मेसिन सञ्चालनको लागि दक्ष जनशक्ति तयारी अवस्थामा थियो ।

यो मेसिनले एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सकिन्छ । अहिले मान्छे भित्रिने क्रम बढिरहेको छ । यो बेला अस्पतालमा राम्रो तयारी छ । किट पुग्ने वित्तिकै मेसिन सुचारु भयो ।’  यसअघि काठमाण्डौबाट हेलिकप्टरमा जुम्ला पुगेको टोलीले स्वाब लिएर परीक्षण गरेको थियो । सबैको रिर्पोटिभ नेगेटिभ आएको थियो । पिसिआर मेसिन जुम्लामा पुगेपछि स्थानीय निकै उत्साहित छन् ।

उनीहरु जिल्लामै स्वाब परीक्षण गर्न पाउने र तत्काल रिपोर्ट आउने भएकोेले निकै राम्रो हुने बताउँछन् । अहिले जिल्लामा क्वारेन्टाइनमा बसेकाहरु थर्मल गन हानेर घर फर्किरहेका छन् । तर मेसिन सञ्चालन आएपछि स्वाब परीक्षण गरेर ढुक्कका साथ घर फर्कना पाउनेछन् ।

कर्णाली प्रदेश सरकारले पनि तत्कालिन कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट कर्णाली प्रतिष्ठानले हेर्ने गरि कार्यक्षेत्र निर्धारण गरेको छ । अब कर्णालीमा मेडिकल मार्च निकै प्रभावकारी ढंगले अघि बढ्ने आशा गरिएको छ ।

प्रतिकृया दिनुहोस्