OnlinePana

आज : २०८१ बैशाख २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातापौष ७, २०७९सुर्खेत
४६७ पटक

७ पुस २०७९, बिहीबार

राष्ट्रिय समाचार समिति (रासस)का अध्यक्ष धर्मेन्द्र झाले रासस र कर्णाली प्रदेश सरकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीसँग आज उहाँकै कार्यकक्षमा भएको भेटवार्ताको क्रममा अध्यक्ष झाले कर्णाली प्रदेश सरकार र राससबीचको अन्तरसम्बन्ध र सहकार्यले यहाँको विकास र समृद्धिमा टेवा पुग्ने बताउनुभयो । कर्णालीमा राससको प्रदेशस्तरीय स्थायी कार्यालय नहुँदा सेवा प्रवाहमा असहज भएको अवगत गराउँदै उहाँले त्यसका लागि भवन उपलब्ध गर्न मुख्यमन्त्री शाहीलाई आग्रह गर्नुभयो ।

प्रदेशबाटै रासस सञ्चालन कसरी गर्न सकिन्छ भन्ने अवस्थाका बारेमा सोच्नुपर्छ,” अध्यक्ष झाले भन्नुभयो, “यहाँका समग्र विषयवस्तु प्रदेशस्तरबाटै प्रकाशन हुने गरी काम गर्दा अँझ प्रभावकारी हुन्छ ।” चितवन भरतपुरमा राससको अन्तर्राष्ट्रियस्तरकै प्रशिक्षण केन्द्र निर्माणको कार्य तथा झापामा नेपाल सूचना केन्द्र बनाउने गरी अगाडि बढेको जनाउँदै अध्यक्ष झाले कर्णालीमा मिडिया विकास तथा अनुसन्धान केन्द्र आवश्यक रहेको औंल्याउनुभयो ।

भेटमा मुख्यमन्त्री शाहीले राससको कर्णाली प्रदेश कार्यालय व्यवस्थाका लागि आवश्यक पहल भइरहेको बताउनुभयो । यस अघिका दुईवटा निर्वाचन र नयाँ सरकार नबनीसकेकाले केही ढिला भएको छ,” उहाँले भन्नुभयो, “नयाँ सरकार गठनपश्चात् राससको कार्यालय उपलब्ध गराउने कुरामा प्रतिवद्ध छौं ।” मुख्यमन्त्री शाहीले कर्णालीको विकासमा रासस प्रदेश सरकारसँगै साथ रहेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्