OnlinePana

आज : २०८१ बैशाख २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,मंसिर १५, २०७९ जुम्ला,
६३७ पटक

मंशिर १५ गते । नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटव्यूरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला ईन्चार्ज तोकेको छ ।
भण्डारीलाई प्रदेश ईन्चार्ज कालिबहादुर मल्लको हस्ताक्षरित पत्रमा जिम्मेवारी दिईएको पत्र सार्वजनिक भएको हो । ईन्चार्ज मल्लको हस्ताक्षरित पत्रमा भनिएको छ, क. नरेश भण्डारीलाई हाम्रो पार्टी माओवादी केन्द्रको विधान २०७८ को दफा (४) अनुसार जिल्ला समन्वय समिति जुम्लाको ईन्चार्जको जिम्मेवारी दिईएको छ, पत्रमा भनिएको छ, पार्टी विधानले तोके बमोजिम ईन्चार्जको जिम्मेवारी वहन गरी पार्टी आन्दोलनलाई नयाँ उचाई प्रदान गर्नु हुनेछ ।

आफुलाई पार्टीले १५ बर्ष पछि फेरी ईन्चार्जको जिम्मेवारी प्रदान भएको भण्डारीले टेलिफोनमा जानकारी दिनुभयो । उहाँले अव पार्टीमा सवै सँग सहकार्य गरेर अगाडि बढ्नेमा प्रतिवद्धता गर्नुभयो ।

जुम्लामा यस अघि माओवादी नेता गजेन्द्रबहादुर महत पार्टी ईन्चार्जको रुपमा हुनुहुन्थ्यो । वि.सं २०६४ सालको निचन, २०७४ सालको निर्वाचनमा संघीय सांसद जितेको माओवादी यस पटक गठवन्धन हुदा पराजित भएपछि फेरी पहिलो पार्टी बनाउने जिम्मा भण्डारी नेतृत्वको जुम्ला माओवादीको काधमा आएको नेता कार्यकर्ताको भनाई छ । वि.सं २०७४ सालको स्थानीय तहमा ३ अध्यक्ष र ५ उपाध्यक्ष सहित सवैभन्दा बढि वडाध्यक्ष जितेको जुम्ला माओवादी २०७९ सालको स्थानीय तहमा २ स्थानीय तह र वडामा दोस्रो स्थानमा खुम्चिएको छ । भर्खरै सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादीका १४ हजार सहित गठवन्धनका ३६ हजार मत हुदा पनि माओवादी प्रतिस्पर्धी हुनु माओवादीमा अर्को चुनौति थपिएको छ ।

नेता नरेश भण्डारीलाई जिल्ला ईन्चार्ज जिम्मा दिएपछि अहिले सामाजिक संजाल रंगिएको छ । माओवादीको किल्लाको रुपमा गनिने थोरै जिल्ला मध्य जुम्ला निर्वाचन परिणाममा खुम्चिएपछि माओवादीले आफ्नो विरासत जोगाउन गृहकार्य शुरु गरेको नेताहरु बताउछन् । यसवेला प्रतिनिधिसभाका उम्मेदवार गोमा गौतम कुँवर पनि पराजित भएपनि स्थानीय तहस्तरमा कार्यक्रम गरेर जनतालाई धन्यवाद दिदै हिडेको देखिनुहुन्छ । सामाजिक संजालमा माओवादी नेता कार्यकर्ताको शुभकामनाको ओईरो उत्तिकै छ ।

को हुन् भण्डारी ?
जुम्लामा शान्ति प्रक्रिया पछि २०६४ सालको निर्वाचनमा पहिलो संविधानसभा सदस्यमा बिजयी भएका भण्डारी वि.सं २०७४ सालको निर्वाचनमा जुम्ला प्रदेश (१) को सांसद भई कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री हुनु भएको थियो ।

भण्डारीलाई माओवादीले पहिलो संविधानसभामा संविधानसभा सदस्य वनाउदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जन्म भएको थियो । जुन पश्चिम नेपालकै विश्व विद्यालय स्तरको सवैभन्दा भन्दा ठूलो स्वास्थ्य संरचना हो । भण्डारी ठोस विकास योजनामा अब्बल मानिन्छन् । उहाँ जुम्लाको सवैभन्दा ठूलो खानेपानी आयोजना धौलिगाडको परिकल्पनाकार पनि हुनुहुन्छ, काम शुरु भईरहेको उक्त खानेपानीको क्षमता करिब १० हजार धारा भित्र्याउने तयारी छ । यो सँगै उहाँ कर्णाली प्रदेशमा आन्तरिक मामिला मन्त्रालयमा हुदा कर्णालीका १७ लाख नागरिकको वीमा कार्यक्रम शुरु गरेका थिए । यसका साथै आम सञ्चार प्रतिष्ठान, सिञ्जा सभ्यता विकास विधेयक, कर्णाली नवपर्वतन तथा आविश्कार विधेयक दर्ता गरे पनि सफल हुन सकेनन । यो सँगै जुम्ला केन्द्र गरिएको पर्वतीय विश्वविद्यालयको मुद्दा पनि जिउदैछ । यद्यपी यतिवेलाको प्रदेशसभाले व्युताउन चाहेमा यि कर्णालीका विकास खम्वा मान्न सकिन्छ ।

वि.सं २०५१ सालमा काठमाण्डौको ईन्जिनियरिङ कलेजमा पढ्दै गर्दा अखिल क्रान्तिकारीबाट राजनितिक यात्रा शुरु गरेका भण्डारी २०५३ सालमा नेकपा (माओबादी) सदस्य, ललितपुर, २०५४ सालमा अखिल ( क्रान्तिकारी ) उपाध्यक्ष ललितपुर, ०५४ सालमा स्थानीय निर्वाचन बहिस्कार गर्ने क्रममा काठमाडौंमा गिरफ्तार भई १७ दिन हनुमान ढोकाको हिरासतमा बस्नु परेको थियो ।

२०६३ सालमा नेकपा (माओबादी) जिल्ला इन्चार्जको जिम्मेवारी प्राप्त गरेको भण्डारीले जानकारी दिनुभयो । २०७० सालमा नेकपा ( क्रान्तिकारी माओबादी) केन्द्रिय सदस्य, २०७३ सालमा नेपाल राष्ट्रिय बुद्धिजीबी संगठन, केन्दीय अध्यक्ष र २०७४ सालमा नेकपा (माओबादी केन्द्र) पोलिटब्युरो सदस्य हुदै पुन जिल्ला ईन्चार्जको समेत जिम्मेवारी प्राप्त भएको छ ।

प्रतिकृया दिनुहोस्