OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,,मंसिर ६, २०७९ जुम्ला,
१९४ पटक

२०६९ मंशिर ६ गते । जुम्ला प्रदेशसभा (ख) मा सत्ता गठबन्धनतर्फ उम्मेदवार एकिकृत समाजवादीका उम्मेदवार पदम बहादुर रोकायाले सुरुदेखि अग्रता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले ११ः३० बजे सार्वजनिक गरेको मत परिमाण अनुसार रोकाया दुई हजार ३३ मतसहित अग्रस्थानमा छन् ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार टेकराज पछाई एक हजार ८४७ मतका साथ दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै स्वतन्त्र उम्मेदवार धनबहादुर बस्नेतले एक हजार ८८ मत प्राप्त गर्नुभएको छ ।

एक प्रतिनिधिसभा र दुई प्रदेश सभाको मतगणना भईरहेको छ । रोकाया कर्णाली सरकारका भौतिक पूर्वाधार मन्त्री समेत हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस्