OnlinePana

आज : २०८१ साउन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,आषाढ २८, २०७९जुम्ला,
४८० पटक

असार २८ गते । जुम्लाका जनप्रतिनिधिहरुले संचार क्षेत्र र विकास निर्माणका बिषयमा प्रतिवद्धता जनाएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाले स्थानीय तहका प्रमुख तथा उप्रमुखलाई विकास र संचार बिषयमा प्रतिवद्धता जनाएका हुन् । महासंघले आयोजना गरेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष सहभागी कार्यक्रम विकास सँगै संचारको बिषय अगाडि बढाईनेमा जोड दिएका हुन् ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले संचारको यूग भएकाले विकासलाई संचार सँग जोड्नुपर्ने बताउनुभयो । उहाँले संचार जगतलाई स्थानीय सरकारले प्रथामिकतामा राख्न सुझाव दिनुभयो ।

चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले नगरपालिकाको विकास सँगै संचार जोड्ने प्रतिवद्धता जनाउनुभयो । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले पत्रकारले राम्रा काममा साथ दिने स्थानीय सरकारले सूचना तथा संचार क्षेत्रमा जोड दिन आवश्यक रहेको बताउनुभयो ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइले तातोपानीका हरेक बिकासमा मिडियाको सहभागितामा अनुगमन गरिनेमा जोड दिनुभयो । उहाँले पर्यटकीय क्षेत्र प्रवर्धनमा मिडियालाई साथ दिन जोड दिनुभयो ।

चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले संचार क्षेत्रमा आफुले जति सक्दो सहयोग गर्ने भन्दै महासंघ वा संचार क्षेत्रले तथष्ट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । तातोपानी गाउँपालिका उपाध्यक्ष रेवति रावलले पत्रकार क्षेत्र सँग सहकार्य गरेर अगाडि बढ्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नयाँ जनप्रतिनिधिलाई वधाई तथा शुभकामना दिदै स्थानीय तहमा पनि संचार निति वनाउन अनुरोध गर्नुभयो । उहाँले पत्रकारहरुको क्षमता अभिबृद्धि, सूचना प्रचार प्रसार सहित महासंघले शुरु गरेका सुचना केन्द्र, पुस्तकालय, अक्षयकोषका काममा सहकार्य गर्न गनुरोध गर्नुभयो । उहाँले स्थानीय तहले गरेका राम्रा काममा सघाउने तथा गलत काममा रखवारी समेत गर्नेमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्