OnlinePana

आज : २०८१ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ८, २०७९सुर्खेत
६३८ पटक

८ असार २०७९, बुधबार

दैलेखदेखि सुर्खेत हुँदै नेपालगञ्जतर्फ जाँदै गरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरको बा १ झ ८७८४ नम्बरको बोलेरो जीप दर्घटना हुँदा एकको मृत्यु भएको छ ।

सुर्खेत–दैलेख सडक खण्डको कपासे नजिकै जीप दुर्घटना भएको हो । दुर्घटना परी चौरजहारी नगरपालिका २ रुकुमपश्चिमका २८ वर्षीय धर्मराज बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार बुढाथोकी जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरमा इञ्जिनियर हुन् ।

आज दिउसो ४ः०० बजे जीप सडकबाट करिब २० मिटर तल खसेको थियाे । उहाँका अनुसार जीप अछाम र दैलेख सीमानामा पर्ने असराघाटस्थित कर्णाली नदीको बहाव मापन केन्द्रको अवस्था बुझ्नुका साथै दैलेख रातानाङ्गालामा रहेको मौसमी राडरको पनि अनुगमन गरी कोहलपुर बाँके फर्किदै गरेको थियो ।

उक्त दुर्घटनामा कोहलपुर नगरपालिका २ बाँकेका ३९ वर्षीय सवारी चालक कोहलपुरका भाेजबहादुर घले, टिकापुर नगरपालिका २ कैलालीका २७ वर्षीय जल विज्ञान सहायक इन्जिनियर सरस्वती विष्ट, तुर्माखाँद गाउँपालिका ३ अछामका २७ वर्षीय तुलसीकुमारी रावत बुढा र उहाँका तीन वर्षीय छोरी दिदिसा बुढा घाइते छन् । तुलसीकुमारी अवस्था अलि चिन्ताजनक भएपनि बाँकी  तीनकाे अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयाे ।

प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गति र ब्रेक फेल भएका कारण जीप दुर्घटना भएको यद्यपि यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जीपमा पाँच जना सवार थिए ।

प्रतिकृया दिनुहोस्