OnlinePana

आज : २०८० चैत्र ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २५, २०७९जुम्ला,
८५९ पटक

जुम्लाका प्रतिनिधिसभा सासद गजेन्द्रबहादुर महतले आफुले गरेका काम र जिज्ञासाको बिषयमा पत्रकारभेटघाट गरी जानकारी गराउनु भएको छ ।
सांसद महतले गृह जिल्ला जुम्ला पुगेर आफु प्रतिनिधिसभा सांसद भएदेखी भएका मुख्य कामहरु र नागरिकले उठाईरहेका जिज्ञासाका बिषयमा जानकारी दिनुभएको हो ।

नेपाल पत्रकार महासंघ जुम्लामा पत्रकार भेटघाट गरि सांसद महतले आफ्नो पालामा तिला गाउँपालिकामा करिब एक मेघावाटको बिजुली निर्माण भईरहेको विषयमा तेर्सिएका प्रश्नहरुको वारेमा पत्रकार भेटघाटगरी जानकारी दिनुभएको छ । उहाँले आफु प्रतिनिधिसभा सांसद भएपछि दुई काममा मुख्यगरी लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो । पहिलो राष्ट्रिय प्रसारण लाईन हो त्यो ढिलै भएपनि पुगेको र अव ३३ केभी लाईन जोडिएमा निरन्तरता हुनेमा जोड दिनुभयो ।

सांसद महतले दोस्रो काम टुक्रे योजना नभई एक ठोस काम गरौ भनेर तिला गाउँपालिकाको सहकार्यमा तिला हाईड्रोको निर्माण शुरु गरेका छौ । त्यस परियोजनाको बिषयमा कतिपय विभिन्न प्रकारका जिज्ञासा आएका छन् । त्यसमा करिब ११ करोड लगानी भएको जानकारी दिनुभयो । त्यो तिला गाउँपालिकाका सँग सहकार्य गरेपछि खर्च र आम्दानी तिला गाउँपालिकाकै हुने भएकाले गाउँपालिकाको अपनत्व बढि भएको पत्रकार भेटघाट मार्फत जानकारी गरेको बताउनुभयो ।

उहाँले खर्च सवै तिला गाउँपालिका मार्फत भएकाले आर्थिक बिषयमा आफु निकै टाढा रहेको बताउनुभयो । सो हाईड्रोमा भने मेशिन खरिदका लागि जिम्मा दिएको कम्पनीले चीनबाट मेशिन ल्याउने भएकाले ढिलाई भएको बताउदै बाढीले केही समस्या ल्याएको पत्रकारहरुलाई जानकारी दिनुभयो । पत्रकार भेटघाटमा सांसद महतले मेरो केही कमजोरी थियो भने ठोस योजनामा सवै लगानी गर्नु थियो तर बनेर छोड्छ, गाउँपालिकाले बनाउनु राम्रो हुन्छ । किनकी गाउँपालिकाले बनाउछु भनेर हस्ताक्षर गरेको छ ।

यसैगरी तत्कालिन समयको गुठिचौर बहुउद्देश्यीय विकास परियोजनाको बिषयमा पनि केही जिज्ञासा आएको भन्दै पत्रकार भेटघाट मार्फत आफ्नो बिषयमा सांसद महतले प्रष्टाउनु भएको छ । २०६७ साल तिर निश्पक्ष हिसावले जिल्लाको राजनैतिक दलहरुको वैठकले गोठिचौर परियोजनाको परिकल्पना गरेका थियौ । पछि सरकारबाट सहयोग नभएपछि परियोजना अलपत्र भएको थियो । उहाँका अनुसार पछि तत्कालिन समयमा केही रहेका जिम्मेवारीको बिषयमा अन्य साथीहरुलाई समेत जानकारी गराएको बताउनुभयो । त्यस सामाजिक अभियानमा पनि लाग्ने व्यक्तिले कैयौ दिन धेरै काम गरेको, त्यहाँ जाने बाटो समेत बनेको बताउनुभयो ।

सांसद महतले माओवादी द्धन्द्धबाट आएर फिर्ता भएपछि करेसावारी फोहोर क्षेत्रलाई सफा गरेर सहकारीको कल्पना गरिएको थियो तर पछिल्लो सरकारले निति बदलेपछि सहकारी प्रभावित भयो अहिले केही नागरिकहरुले भाडामा विभिन्न काम गरेकोमा जोड दिनुभयो । उहाँले त्यसमा पनि अनाश्यक टिका टिप्पणी भएको बताउदै प्रष्टाउनु भयो ।

पत्रकार भेटघाटमा पत्रकारहरुले सांसद महतलाई विभिन्न जिज्ञासा गरेका थिए । सो बिषयमा उहाँले तिला हाईड्रो र अन्य बिषयमा पत्रकारका जिज्ञासा मेटाउनु भएको थियो ।
पत्रकार भेटघाटमा नेकपा माओवादीका जिल्ला नेता राजकुमार शाही साहसीले सांसद महतका योजनाका बिषयमा थप प्रष्ट पार्नुभएको थियो । त्यो ठिकै छ, केही पत्रकारहरुले समाचार लेख्दा अर्को पक्षको समेट भनाई राख्दा राम्रो हुने बताउनुभयो । उहाँले गोठिचौरमा तत्कालिन समयमा स्थापना गरिएको विद्यालय अहिले शंकर माविमा परिणत भएको बताउनुभयो । सांसद महतले तातोपानी ३ र ४ मा पनि किसानका जग्गामा ५ किलोमिटर घेरवार गरिएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले नागरिकका जिज्ञासा पत्रकार भेटघाटगरी प्रष्ट पार्नुभएको भन्दै कर्णालीको सवाल जसरी सांसद गर्जिरहेको छ, दुर्गमका मिडियाका सवाल पनि उठाउन अनुरोध गर्नुभयो । उहाँले २० औ बर्ष स्टेञ्जर भएर काम गर्ने पत्रकारका कथा अव सवै मिलेर पैरवि गर्ने दिन आएकोमा जोड दिनुभयो ।

प्रतिकृया दिनुहोस्