OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ २१, २०७९जुम्ला,
८७२ पटक

जुम्ला,जेठ २१ गते,  जिल्ला समन्वय समिति जुम्लाको निर्वाचन २०७९ जेठ २९ गते हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाका अनुसार जुम्लामा जेठ २९ गते जिसस जुम्लाको निर्वाचन गर्ने बताएको छ ।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीस जवाहरप्रसाद सिंहले २९ गते निर्वाचनका लागि २१ गते मतदाता नामावली प्रकाशन गरिनेछ, २४ गते उम्मेदवारी गर्दा गरिने, २७ गते निर्वाचन चिन्ह प्रदान गरिनेछ । उहाँका अनुसार प्रमुख र उपप्रमुख गरि ९ सिटका लागि निर्वाचन हुने भएको छ ।

यसैगरी जिल्ला समन्वय समिति जुम्लाको निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख वा अध्यक्ष उपाध्यक्षले मतदान गर्न पाउनेछन् । जुम्लाका ८ वटा स्थानीय तह छन् । यस पटकको निर्वाचनमा नेपाली कांग्रेसले ५ अध्यक्ष सहित २ उपाध्यक्ष र चन्दननाथमा उपप्रमुखको बिजय हाशिल गरेको छ । कांग्रेसले कनकासुन्दरी, हिमा, पातारासी, गोठिचौर र तातोपानी प्रमुख पदमा बिजय हात पारेको छ भने हिमा, कनकासुन्दरी उपाध्यक्ष तथा चन्दननाथमा उपप्रमुख जित हात पारेको छ ।

यस्तै माओवादीले सिँजा र तिलामा अध्यक्ष तथा सिँजा, तिला र तातोपानी र पातारासीमा उपाध्यक्ष हात पारेको छ । यस्तै नेकपा एकिकृत समाजवादीले गोठिचौर गाउँपालिकामा उपाध्यक्ष तथा स्वतन्त्र उम्मेदवार राजुसिँह कठायतले चन्दननाथ नगरपालिकामा नगरप्रमुखमा बिजय हात पार्नु भएको छ । यसरी अहिले जम्मा १६ मतदाता मध्य ८ कांग्रेस, ६ माओवादी, १ समाजवादी र १ स्वतन्त्र उम्मेदवार छन् । यो बर्ष नेपाली कांग्रेसले समन्वय प्रमुख लिने करिब पक्का देखिएको छ । किनकी कांग्रेसलाई बहुमत पुग्न १ मत आवश्यक छ, सो मत, माओवादी, स्वतन्त्र वा समाजवादी कुनै एकले सहयोग गरेमा पुग्नेछ । अहिले नेकपा माओवादी केन्द्रका तर्फबाट लालबहादुर सार्की जिसस प्रमुख र नेपाली कांग्रेसका तर्फबाट कार्मा बुढा उपप्रमुख नेतृत्वको टिम कार्यरत छ ।

यस्तो छ जिसस जुम्लाको निर्वाचन तालिका

प्रतिकृया दिनुहोस्