OnlinePana

आज : २०८३ बैशाख १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ ७, २०७९
५५१ पटक

जेठ ७ गते । जुम्लाको हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले पदभार गरेपछि पहिलोसवै नागरिकको निशुल्क स्वास्थ्य वीमा गर्ने प्रतिवद्धता गर्नुभएको छ ।
उहाँले गाउँपालिकाको पहिलो निर्णय सवै नागरिकको स्वास्थ्य निशुल्क र सहज गर्न निशुल्क स्वास्थ्य वीमा गर्ने निर्णय गरिने जानकारी दिनुभयो ।

उहाँले नमूनाका लागि भैरव आधारभुत विद्यालयमा अग्रेजी शिक्षा शुरु गर्ने, सवै वडा, स्वास्थ्य संस्था, प्रहरी चौकीमा फ्रि वाईफाई तथा सिसि क्यामरा जडान गर्ने, ज्येष्ठ नगारिक,गर्भवति। म्हिला, विपन्न अपांगता भएका व्यक्तिका लागि निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने र सवै सरकारी कार्यालय र विद्यालयमा विधुतीय हाजिरीको व्यवस्थापन गर्ने निर्णय गरिएको अध्यक्ष शाहीले जानकारी दिनुभयो । शुक्रवार मुख्य निर्वाचन अधिकृतबाट सपथग्रहण गरेलगत्तै पदवहाली समेत गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले अध्यक्षको पदवहाली तथा उपाध्यक्ष, वडाध्यक्ष र अन्य वडासदस्यको सपथग्रहण समेत सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले अध्यक्षले गरेको प्रतिवद्धता निर्णय गर्न प्रस्ताव गरिनेछ । हिमा गाउँपालिकामा दुई हजार एकसय ५८ घरधुरी र १३ हजार एक सय ३४ जनसंख्या रहेको छ ।

 

प्रतिकृया दिनुहोस्