OnlinePana

आज : २०८१ चैत्र १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख १२, २०७९
६०२ पटक

१२ बैशाख २०७९, सोमबार

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेत गुर्भाकोट नगरपालिकाका प्रमुख पदमा सात जनाले उम्मेदवारी दिएका छन् ।

नेकपा एमाले तिलकबहादुर खत्री, नेपाली काँग्रेसको हस्त पुन, नेकपा माओवादी केन्द्रको जयबहादुर डाँगी, एकीकृत समाजवादीको गौमाया ओली, राािष्ट्रय जनमोर्चाबाट टेकबहादुर घर्ती र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कलावती रेग्मीले नगर प्रमुखको पदमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत तुलसा भण्डारीले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत भण्डारीका अनुसार स्वतन्त्र उम्मेदवार जयबहादुर खत्रीले पनि प्रमुखमा उम्मेदवारी दिनुभएको छ । उपप्रमुखमा एमालेका सुशीला कुमारी विक (सुनार), नेपाली काँग्रेसका मैना विक, नेकपा माओवादी केन्द्र टिका शर्मा र राप्रपाका मोहन सापकोटाले उपप्रमुखमा उम्मेदवारी दर्ता गराउनुभएको छ । एकीकृत समाजवादी र जनमोर्चाबाट उपप्रमुखमा उम्मेदवारी नपरेको निर्वाचन अधिकृतको कार्यालय गुर्भाकोट नगरपालिका सुर्खेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्