OnlinePana

आज : २०८१ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
सरिता पराजुलीचैत्र १२, २०७८जुम्ला,
६७६ पटक

चैत १२ गते । जुम्लाको गोठीचौर गाउँपालिका वडा नम्बर १ मनिसाघुमा प्रथम भोटे मेला सञ्चालन हुने भएको छ । २०७८सालको ग्याल्बो ल्होसारको अबसरमा प्रथम भोटे मेला सञ्चालन हुन लागेको हो । भोट जनजातिका नारा संस्कृति संरक्षणमा हाम्रो अधिभारा, भन्ने मुल नाराका साथ प्रथम भेटे मेला सञ्चालन हुने भएको नेपाल भोटे जनजाति सेवा संघ जुम्लाले जनाएको छ ।

नेपाल भोटे जनजाति सेवा संघ जुम्लाका सल्लाहाकार समिति सदस्य अर्जुन कुमार महताराले भोटे जातिको परिचय, सम्भावना, चुनोति रितिरिवाज , रहनसहन , भेषभुषा, संस्कृति संरक्षण गर्ने उद्देश्यले प्रमथ भोटे मेला सञ्चालन हुने जानकारी दिनुभएको छ ।

भोटे समुदाय २०६१।६२ को आन्दोलनको क्रममा तिब्बतको भोटबाट बेसी झर्दै जुम्ला हुदै सुर्खेत सम्म पुगेको बताएका छन् । भोटे जातिको आफ्नै मौलिकता र भेषभुषा भएकाले पुर्खाको भेषलाई संरक्षणमा गर्नुपर्नेमा जोड दिएका छन् ।

२०७८सालको म्याल्बो ल्होसारको शुभकामना आदानप्रदान तथा शुभकामना कार्यक्रममा बोल्दै जिल्ला समन्वयन समिति जुम्लाका प्रमुख लाल बहादुर सार्किले भोटे लगाएत अन्य जातिको पनि मौलिक संस्कृति हराउदै गएकाले संरक्षण गनुपर्नेमा जोड दिनुभएको छ ।

जिल्ला भरि छरिएर रहेका भोटे जातिको खोजि गरि भोटे जातिको संरक्षण गर्नुपर्ने बताएका छन् । गोठीचौर गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले भोटे जातिका गोठीचौर पालिकको पहिचान भएको दाबी गर्नुभयो । आफ्नो धर्म, पहिचान, पुर्खा र कुल खोजी गर्ने प्रयास गरेको प्रति भोटे जातिलाई धन्यवाद व्यतm गनुभयो ।

स्थानीय तहको साथ सहयोगको आबश्यक परेमा पालिकाले भोटे जातिको लागी सदैभ लागी पर्ने बताउनु भएको छ । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले दुख कष्ठ गरेर भोटे जातिको पहिचान खोज्न लागेको प्रति खुसी व्यतm गर्नुभएको छ । पछिल्लो समयमा भोटे जाति आर्थिक रुपमा सक्षम भई संस्कृतिलाई संरक्षण गदै आएको बताएका छन् । गोठीचौर गाउँपालिकाको आर्थिक सहयोग र नेपाल भोटे जनजातिको आयोजनामा होटल कान्जीरोवा जुम्लमा ग्याल्बो ल्होसारको शुभकामना आदानप्रदान तथा अन्तरक्रिया सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस्