OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,फागुन २६, २०७८जुम्ला,
६५७ पटक

फागुन २६ गते, जिल्लाको गुठिचौर गाउँपालिका कार्य सम्पादन क्रियाकलापमा पहिलो भएको छ । गाउँपालिका आर्थिक बर्ष २०७७।०७८ मा जुम्लाका स्थानीय तहमा सवैभन्दा बढि अंक ल्याएको हो ।
गुठिचौर गाउँपालिकाले पत्रकार भेटघाट गरेर भईरहेका मुख्य क्रियाकलापको जानकारी दिएको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले कार्यसम्पादनमा जिल्लामा पहिलो भएको हुदा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ राम्रो गर्न गाउँपालिका परिवार लागि पर्नेमा जोड दिनुभयो ।

गाउँपालिका अध्यक्ष हरिबहादुर भण्डारीले गाउँपालिकाले आफ्नै रेडियो स्थापना गरिएको बताउनुभयो ।उहाँले विपन्न नागरिकलाई बाख्रापालन, एकल पुरुष तथा महिलालाई सामाजिक सुरक्षाभत्ता, किसानलाई ४० वटा भैसी पालन बितरण, पालिकाका सवैबस्तिमा मोटरबाटो, प्रत्यक घरमा धारा र पानी, ५ वेडको अस्थायी कोभिड अस्पताल, सवै बस्तिमा विधुतिकरण, चोत्र र कोल्तेमा आन्तरिक पर्यटन प्रवर्धन गर्न होमस्टे सञ्चालन, बृहत धौलिगाड खानेपानी योजनामा साझेदारी लगायतका विभिन्न कामह भईरहेको जानकारी गरिएको छ ।

 

पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष भण्डारीले कार्यसम्पादनमा जिल्लाकै पहिलो हुन सघाउने जनप्रतिनिधी, कर्मचारी, मिडिया क्षेत्र र सरोकारवाला निकायलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
गुठिचौर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन प्रसाद देवकोटाले गाउँपालिकाले राष्ट्रिय प्राकृति स्रोत तथा बित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मुल्यांङ्कनमा गुठिचौर गाउँपालिकाले ६५.०२ अंक ल्याएर जिल्लामा सवै भन्दा बढि अंक ल्याएको जानकारी दिनुभयो । पत्रकार भेटघाटमा प्रशासकीय अधिकृत देवकोटाले आगामी कार्यसम्पादनमा पनि प्रयास गरिने बताउनुभयो । उहाँले कार्यसम्पादन नतिजाले काम गर्न उत्साह थपेकोमा जोड दिनुभयो ।

गुठिचौर गाउँपालिका स्थापना भएदेखि हाल सम्म गरेका कार्यहरु :

 झारज्वाला घट्ट लिफ्ट ईरिगेशन र विगारे लिफ्ट ईरिगेशन
 रेडियो गुठिचौरको स्थापना तथा संञ्चालन
 बिपन्न संग अध्यक्ष कार्यक्रम अन्तर्गत बिपन्न् जनलाई उद्मि वनाउनको लागि वाख्र वितरण
 आम गुठिचौर वासिलको स्वास्थ्य सुधारको लागि औषधि खरिद गरि वितरण
 गरिव जनलाई औषधि उपचारको व्यवस्था
 ४० देखि ५९ वर्ष सम्मका एकल पुरुषत तथा महिलालाई भत्ता वितरण
 कृषि क्षेत्रमा पकेट जोन तथा व्लक स्थापन गरि सांञ्चालनमा रहेका तथा व्युटाकुलर निशेध गरिएको
 प्रविधिक शिक्षा अध्यान गर्ने छात्र छात्रालाई छात्रवृत्तिको व्यावस्था
 गुठिचौर गाउँपालिका जिल्लामै दुत निर्यात गर्ने अव्वल पालिका भएकोले कृसानको सम्मानको लागि भैसि प्रवर्दन कार्यक्रम अन्तर्गत ४० ओटा भैसि वितरण
 गुठिचौर गाउँपालिकाका स्वास्थ्य सस्थामा एसि जडान
 किसानलाई व्यावसायिक वनाउनको लागि फुजि स्याउमा अनुदान
 गुठिचौर गाउँपालिकाका प्रत्येक वस्तिमा मोटर वाटो पुगेको
 गुठिचौर गाउँपालिकाका प्रत्येक घरमा एक घर एक घारोको व्यवस्था
 प्रत्येक विद्यलयमा भुकम्प प्रतिरोधि संरचनाको विकास
 गुठिचौर गाउँपालिका उज्यालो गाउँपालिका अन्तर्गत गाउँपालिकाका सवै घर वस्तिमा विधुतिकरण गरिएको
 कोभिड १९ वाट आम जनालाई सुरक्षा दिन ५ वेडको अक्सिजन सहित कोभिड अस्पतालको स्थाना
 विकाश निर्माणको कामलाई जनप्रिय वनाउनको लागि दानसागु गोरुओडार दुईयमभिर मुडुरि सडकको कार्यआरम्भ
 गरिवको रेखा मुनि रहेका जनलाई स्वास्थ्य विमाको व्यास्था
 पर्यटकिय क्षेत्रको विकास तथा विस्तारको लागि पर्यटकिय क्षेत्रमा सडक वाटोको विस्तारगुठिचौर गापा वडा नं ४ को चिमारा मालिका र डोल्पा सम्म पुग्ने सडकको विस्तार
 आधुनिक काठेपुल निर्माण
 स्याउ वगैचा व्यावस्थापन तथा ओखर वगैचा व्यावस्थापन
 वातावरण संरक्षणको लागि वडा नं २ र ३ मा एक घर एक ग्यास
 डिजिटल गाउँपालिका
 अप्टिकल फईवर वस्तिहरुमा विस्तार भएको
 चोत्र तथा कोल्तेमा आन्तरिक पर्यटन प्रवर्दन गर्न होम स्टि संञ्चालन
 वृहत धौलिगाड खानेपानिमा गुठिचौर गाउँपालिकाले लागत साझेदारि जनाएको

 

प्रतिकृया दिनुहोस्