OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ७, २०७८सुर्खेत
१०३८ पटक

७ फागुन ७ शनिबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले यहाँ ज्येष्ठ नागरिक, सहयोगापेक्षी र असहाय बालबालिकालाई खाद्यान्न वितरण गर्नुभएको छ ।

७२औं प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री शाहीले आज मानव सेवा आश्रमका सहयोयापेक्षी, प्रशान्ति वृद्धाश्रम ज्येष्ठ नागरिक र बादी सरोकार मञ्चमा आश्रित बालबािलकालाई खाद्यान्न वितरण गर्नुभएको हो । बादी सरोकार मञ्चको आश्रयमा रहेका ८० जना बालबालिकाहरुलाई उहाँले आफ्नो व्यक्तिगत खर्चमा पोशाक उपलब्ध गराउने घोषणा गर्नुभयो ।

“शिक्षा जीवन हो र हरेक नागरिकलाई यो प्राप्त हुनुपर्दछ,” मुख्यमन्त्री शाहीले भन्नुभयो, “यहाँ आश्रय लिएर विभिन्न निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्कुल पोशाक उपलब्ध गर्छु ।” उहाँले प्रशान्ति वृद्धाश्रममा चालू आर्थिक वर्षभित्रै रु.४० लाखको लागतमा वृद्धवृद्धाहरुलाई खाना खानका लागि भवन निर्माण गर्ने घोषणा पनि गर्नुभयो ।

वृद्धाश्रमको माथिल्लो तलामा रहेको भान्छा घरमा गएर खाना, खाजा खान ज्येष्ठ नागरिकहरुलाई समस्या भएको बताउँदै मुख्यमन्त्री शाहीले आश्रमको खाली ठाउँमा भान्सा घर बनाउन प्रदेश सरकारले रु.४० लाख उपलब्ध गराउने विश्वास दिलाउनुभयो । उहाँका अनुसार सहिद पार्कमा निर्माण भइरहेको शिव मन्दिर निर्माणमा लाग्ने आवश्यक खर्च पार्कका अध्यक्ष अमर कार्की हस्तान्तरण गरिएको छ ।

खाद्य सामग्री वितरणका साथै मुख्यमन्त्री शाहीले सहिद स्तम्भमा सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै माल्यार्पण गर्नुभयो । प्रदेश सरकारका प्रमुख सचिव राजकुमार श्रेष्ठ, सचिव आनन्द सारु, भरतकुमार शर्मा, शंकर केसी र सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्री, विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थितिमा आज सहिद पार्कमा सरसफाई कार्यक्रमसमेत सम्पन्न गरिएको छ ।

प्रतिकृया दिनुहोस्