OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ २६, २०७८जुम्ला,
२५५ पटक

माघ २६ गते, हिउँमा फसेका जुम्ला तातोपानी गाउँपलिका ८ का ३४ जना नागरिकलाई पाँच दिनपछि सकुशल उद्दार गरिएको छ । जिल्ला प्रशासन कार्यालय,तातोपानी गाउँपालिका र स्थानीयहरुको समन्वयमा माघ २५ गते हिउँमा फसेका ३४ जना नागरिकको सकुशल उद्दार गरिएको हो ।

गएको माघ २१ गते भएको भारी हिमपातका कारण गाग्रा पाटनमा सेतो चिनी (खिरौला) संकलन गर्न गएका तातोपानी ८ टोप्लाका ३४ जना नागरिक घर फर्किन नसकेर हिउँमा फसेका थिए ।
माघ २३ गते, जुम्लामा हिउँमा फसेका नागरिकलाई उद्धार गरिएको छ । स्थानीय प्रशासनको पहल,तातोपानी गाउँपालिकाको समन्वय तथा मुख्यमन्त्री र कानुन मन्त्रालयको सहयोगमा हिउँमा फसेका नागरिकको राहत उद्दारका लागि हेलिकप्टर पठाइएको थियो ।

बाक्लो हिउँ जमेकोले हेलिकप्टर अवतरण हुन नसकेपछि झण्डै २ क्वीइन्टल खाद्यन्न राहत फालेर उद्दार टोली फर्कियो । तर बाक्लो हिउँ जमेर बाटो समेत नखुलेकाले हिउँमा फसेका नागरिकको उद्दार हुन सकेको थिएन् ।

तर मंगलबार सुरक्षा निकाय,प्रशासन,तातोपानी गाउँपालिकाको समन्वयमा हिउँमा फसेका ३४ जना नागरिक सहित पाटनमा रहेका सयौ भेडाको समेत सकुशल उद्दार गरिएको प्रशासनले एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले हिउँमा फसेका ३४ नागरिक र उनिहरुका भेडा सहित घर घरमै कुशल फर्किएको बताउनुभयो । उहाँका अनुसार जम्मा फसेका ३६ जना मध्य २ जना नागरिक २२ गतेनै घर फर्किसकेका बताईएको छ ।

सेतक चिनी, जडिबुटि संकलनका क्रममा बाक्लो हिउँ जमेर नागरिक फसेपछि प्रदेश सरकार र देखि प्रहरी प्रशासन र तातोपानीले सक्रियता पुर्वक नागरिकको राहत र उद्दारमा जुटेको थियो । तातोपानी गाउँपालिका ८ को गाग्रो पाटनको एडि ओढार,खोटी सल्ला ओढार र गाग्रा ओढारमा बसेका नागरिकको उद्दार गरिएको तातोपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“सेतो चिनी (खिरौला) जडिबुटि संकलन गर्न पाटनमा गएका नागरिक विहिबार देखि भएको भारी हिमपातले घर फर्किन नसकेर हिउँमा फसेका थिए । २३ गते हवाई उद्दार गर्न सकिएन् राहत दियौ । तर फेरी हिउँ पर्न सक्ने भएपछि सबैको समन्वयमा हिउँमा फसेका ३४ जनालाइनै घरघरमा ल्याइएको छ ।”

त्यस्तै,पाटनबाट फर्किने क्रममै भारी हिमपातका कारण अत्यधिक चिसोले जुम्लामा दुई जनाको मृत्यु भएको छ । गाग्रा पाटनमा सेतो चिनी (खिरौला) जटिबुटि संकलन गएका तातोपानी गाउँपालिका तातोपानी ८ की महिला वर्ष ३७ की देवि शाही र तातोपानी ७ बारगाउँका वर्ष ४६ का मुन रावतको मृत्यु भएको जुम्लाका डिएसपी नरेन्द्र चन्दले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्