OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १६, २०७८सुर्खेत
६३२ पटक

१६ माघ २०७८, आइतबार

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले देश र जनताका लागि आफ्नो जीवन अर्पण गर्ने सहिदहरुको त्याग र बलिदानको उच्च सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

‘सहिद दिवस, २०७८’ को अवसरमा प्रदेश प्रमुख परियारले लोकतन्त्र, राष्ट्रियता र स्वतन्त्रताका लागि आफ्ना जीवन उत्सर्ग गर्नुहुने महान् सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत जनयुद्ध र जनआन्दोलनका क्रममा सहादत प्राप्त बीर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

आज एक सन्देश जारी गर्दै उहाँले भन्नुभएको छः “हामीले आज प्राप्त गरेको स्वतन्त्रता र अधिकार सहिदहरुको बलिदानीको प्रतिफल हो । उनीहरुको संघर्ष, त्याग र बलिदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आइपुगेको छ । सहिदहरुको बलिदानीपूर्ण भावले नयाँ पुस्तामा हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ ।”

सहिदहरुको बलिदानले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट मुलुकमा स्थायी शान्ति, सुशासन, न्यायपूर्ण समाज र समाजवादी लक्ष्यसहित समृद्धिको आकांक्ष पुुरा गर्नेतर्फ अग्रसर हुनुले सहिदप्रति सच्चा सम्मान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख परियारले देशको आर्थिक, सामाजिक रुपान्तरण गर्दै सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणमा सहिदहरुको सपना साकार गर्न दृढतापूर्वक काममा लाग्ने प्रेरणा सबैमा मिलोस् भन्ने शुभकामना दिनुभएको छ ।

प्रतिकृया दिनुहोस्