OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामाघ १०, २०७८जुम्ला,
७९१ पटक

खलङ्गा माघ ९ गते, तेस्रो लहरको कोरोना फैलिए सँग स्वास्थ्य सामग्री जुटाउन जिल्ला विपत व्यवस्थापन समिति जुम्लाले शुरु गरेको छ ।
दोस्रो लहरको समयमा जुटाईएको स्वास्थ्य सामग्री जिल्लामा कमी तेस्रो लहका लागि गैसस क्षेत्रलाई पनि सहयोग गर्न अनुरोध गरिएको छ ।

जिल्ला व्यवस्थापन व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईको अध्यक्षतामा बसेको वैठकले विपत क्षेत्रमा जिल्लामा कार्यरत गैरसरकारी संस्थाहरुलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गर्न निर्णय गरिएको छ । अक्सिजन सिलिण्डर, माक्स, सेनिटाईजर, पिपिईसेट, सहितका स्वास्थ्य सामग्री अभाव भएकाले गैरसरकारी संस्थाहरुलाई माग गरिएको छ ।

वैठकमा बिपत सँग कार्यरत गैरसरकारी संस्थाहरुले विपतको समयमा डिसिएमसिले गरेको निर्णय र मागलाई माथिल्लो निकायमा पेश गर्न सहमति जनाएका छन् । जिल्लामा बिपतको क्षेत्रमा कार्यरत संस्थाहरु आईएन एफ नेपाल, पेस नेपाल, किर्डाक नेपाल, सेडा नेपाल, क्याड नेपाल सहितका संस्थाहरुको उपस्थिति रहेको छ ।

वैठकमा जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढाले गैससले संकटको अवस्थामा कार्यक्षेत्र नभनि जिल्लाभर काम गर्ने गरी स्वास्थ्य सामग्री तथा अन्य कार्यक्रम गर्न निर्देशन दिनुभयो । उहाँले विपतमा लगानीकर्ता र दातालाई समेत जिल्लाको विपत व्यवस्थापन समितिको निर्णयलाई मान्न अनुरोध गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी बिजया प्रसाईले जिल्लामा मौज्दात समाग्री जति उतिनै तत्काल वितरण गरिने र वाँकी गैससले सहयोग समेत गर्ने निर्णय भएको बताउनुभयो ।
पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले एन ९५ माक्स, डिस्पोजल मास्क, पिसिआर किट, पिपिई, एन्टिजन किट कमी भएको जानकारी प्राप्त भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । सोही अनुसार आवश्यक सामग्री सहयोग गर्न गैसस क्षेत्रलाई सहयोग गर्न माग भएको छ ।

दोस्रो लहरको समयमा गैसस क्षेत्रले ठूलो मात्रामा अक्सिजन सिलिण्डर, मास्क सहितका स्वास्थ्य सामग्री जिल्ला विपत व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको थियो । सो कारणले आधारभुत स्वास्थ्य सामग्रीको जुम्लामा अभाव नभएको बताईएको छ । विपत व्यवस्थापन समितिले दोस्रो लहरमा आवश्यकता अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्थानीय स्वास्थ्य संस्था, अग्रस्थानमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, संचारकर्मीलाई समेत बितरण गरिएको थियो ।

जिल्ला प्रशासनमा भने गत बर्ष संकलन गरिएका स्वास्थ्यसामग्रीको मौज्दात जानकारी गरेको छ । प्रशासनका अनुसार ३० वटा अक्सिजन, ८ वटा अक्सिजन कन्सट्रेटर, १५० प्याकेट मास्क, २ सय बोतल सेनिटाईजर, पिपि सेट २०० थान, पिपि गाउन २५० सेट मौज्दात रहेको छ ।

प्रतिकृया दिनुहोस्