OnlinePana

आज : २०८१ बैशाख ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही, पौष ८, २०७८जुम्ला,
८९५ पटक

पुष ८ गते, आजभोली जुम्लाको तापक्रम माईनस ६ डिग्री छ । वेलुकी रात पर्ने बित्तिकै कसरी न्यानो गर्ने चिन्ता त छदैछ, विहान उज्यालो हुने वित्तिकै भोकको चिन्ताले सताउन थालेको बर्षौ भयो ।
चन्दनननाथ नगरपालिका वडा नम्बर १ स्थित कुलालवाडाका ४६ वर्षिया चेते कुलालको १५ वर्ष देखी ओडारमै बास छ । चेते कुलाल घरवार बिहिन ब्यक्ति, १५ वर्ष देखी ओडारमा बास बस्दै आएका छन । उनी संग सम्पतिको नामा फाटो कम्बल छ । उनी बिहान वेलुकका छाक टार्नका लागी सडकमा भौतरिदै हिडेका छन ।

तर गाउका स्थानीय सरकार आएको झण्डै ५ वर्ष पुग्न लागी सकेको छ । स्थानीय सबै नजिककै रहेको वडा सरकार पनी उनी वर्षौ देखी गाँसबासको खोजी भौतारीएको देखेको छैनन । चन्दननाथको १ वडा निवासी चेत्या कुलाल हिमपातमा होस या वर्खाका भारी बर्षामा होस उनको दैनिकी ओडारमा बसेको छ ।

यो खबर हामीले पाएपछि उनको अवस्था बुझ्न बुधवार विहान हामी वासस्थल ओडारमा पुग्यौ । त्यहाँ चेते कुलाल थिएनन् । उनि विहानै खाना जोहो गर्न सदरमुकाम पसिसकेका थिए । हामी त्यहाँ पुग्दा ओडारमा एक फाटो कम्बल र एक दुई खाली भाडा वाहेक केही थिएन । एकै छिनमा गाउँलेको भिड लाग्यो ।

कोरोना भाईरसमा प्रभावित र विपन्न व्यक्तिलाई सिविएम नेपालको सहयोगमा राहात वितरण गरिएको सो बस्तिमा चेते कुलाल राहात पाउने व्यक्तिमा परेनन् । कारण छनौटमा स्थानीय वडापालिकाले छुटाईदियो । त्यस क्षेत्रमा स्वंसेवकिय भुमिका निर्वाह गरेका यज्ञबहादुर बुढ्थापाले छनौटमा २७ जना अपांगता भएका र विपन्न व्यक्तिलाई राहात वितरण गरिएको बताउनुभयो । तर स्थानीयले चेते जस्ता ओडारमा बस्ने व्यक्तिहरु ले राहात नपाएकोमा आक्रोस व्यक्त गरे । स्थानीय रविन कुलाले पाउनुपर्नेले राहात नपाएको आक्रोस पोख्दै ओडारमा बसेका चेतेलाई व्यवस्थापन गर्न अनुरोध गरे । उनले चेते सहित ३,४ अतिविपन्नलाई राहात नपाईएको बताउनुभयो ।

चेत्या कुलालले सिबिएम नेपालको सहयोगमा आइएनएफ नेपालले राष्ट्रिय अपांग महासंघ नेपालसँग साझेदारीमा बितरण गरेको राहत धेरै राम्रो भएको तर पाउनुपर्नेले नपाएको बिषयमा त्यहाका स्थानीय आक्रोस मात्रै होईन, छनौटमा गरिव माथीको अन्याय भएको बताए ।

त्यहा स्थानीय युवा रबिन कुलाल सहित पाउनै पर्ने ब्यक्तिले राहत नपाएको प्रति नेपाल पत्रकार महासंघ प्रति गुनासो गरेका छन । उनले भने बिभिन्न चरणमा राहत बितरण हुने गरेका छन । तर न्युन आएभएका नागरिकले राहत पाउदैनन ।

पछिल्लो राहात छनौटमा भने राहात वेचेर खाने भएकाले राहातको प्रथामिकतामा नपरेको कार्यपालिका सदस्य गोविन्द आचार्यले बताउनुभयो । उहाँले वडापालिकाले राहात धेरै पटक चेतेलाई दिएको दावी गर्नुभयो ।

चेते कुलाल भोक लाग्ने बितिकै माग्न हिड्ने उनको दैनिकी रहेछ । हामी केही पत्रकारको टिम फर्किदा जुम्ला कालेखोलीमा करिब दुई केजी बराबरको प्लाष्टिकमा चामल र हातमा केही कपडा वोकेर सदरमाुकामबाट १५ मिनेट टाढा आफ्नो आवास ओडारतिर फर्किदै थिए । अवस्था बुझ्न खोज्दा आखाबाट आशु निकाल्दै खाने र ओड्ने केही नभएको बताए । अस्तिको सहयोगमा मलाई केही सहयोग भएन भन्दै रुन थालेपछि सम्झाउने काम भयो ।

चेतेको श्रीमति छोडेर गएपछि एक छोरो पनि छ । आमा छोरा भिन्नै बस्ने गरेको स्थानीयले बताएका छन् ।

तत्काल राहात प्रदान गरिने :
राहात नपाएको खबर पाएपछि हामीले स्थानीय प्रशासनलाई खबर गरेका छौ । यस्तै कोरोना पिडित विपन्नलाई सहयोग गर्ने राहात कार्यक्रम सहयोग गरेको आईएनएफ नेपालले शुक्रवार तुरुन्तै रु पाँच हजार बराबरको खाद्यन्न र कम्वल सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । यस्तै सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले भोली स्थलमा पुग्ने बताउनुभयो । चेतेलाई तत्कालिन राहात आवश्यक छ नै, दिर्घकालिन आवासको लागि के राज्य र सरोकारवाला गम्भिर होला ? हेर्न वाँकी रहेको छ ।

प्रतिकृया दिनुहोस्