OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
पूर्ण चौलागाई,पौष ८, २०७८जुम्ला,
५९८ पटक

पुष ८ गते, यहाँको चन्दननाथ नगरपालिकाले फोहोर व्यवस्थापन तथा शहर सरसफाई काम अगाडि बढाएको छ । नगरपालिकाले चन्दननाथ नगरपालिका वडा नम्बर २ दुना दुनैमा फोहोर व्यवस्थापन शुरु भएको जानकारी गरेको छ । दुनादुनैमा अल्पकालिन व्यवीथापन भएको र दिर्घकालिन व्यवस्थापनको तयारी भएको जानकारी गरिएको छ ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादर बुढ्थापा सहित नगरपालिकाका शाखा प्रमुख कर्मचारीहरुको उपस्थितिमा हाल सम्म भईरहेको गतिविधिको सम्क्षिप्त जानकारी समेत गरिएको छ ।

अधिकृत बुढ्थापाले फोहोर व्यवस्थापनमा अव पहिलो लक्ष्य फोहोर व्यवस्थापन अभियानमा लागेकाले सहयोग गर्न सरोकारवाला निकाय र नगरवासीलाई अनुरोध गर्नुभयो । उहाँले अहिले नगरपालिकाले बजार क्षेत्रमा सरसफाई अभिभयान थालेका छौ अव केही फोहोर व्यवस्थापन कर शुरु गरिएकाले सहयोग गर्न पत्रकार भेटघाट मार्फत जानकारी दिनुभयो ।

नगरपालिकाको लामो समय देखीको समस्या फोहोर व्यवस्थापन स्थान सुचारु भएको र फोहोर थुप्रिन नदिने उहाँले प्रतिवद्धता जनाउनु भयो । यो अभियानमा जनप्रतिनिधिको अगुवाईमा, स्थानीय नागरिक समाज संचार माध्यामको सहयोग आवश्यक भएको बताउनुभयो । नगरपालिकाले चाडै आफ्नो भवन बिस्तारको काम सम्पन्न गर्ने भएकाले सवै काम एक घरबाट सेवा दिने लक्ष्य समेत रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारका केही योजना सम्झौता गरेर अगाडि बढेका र अन्य विकास निर्माणका कामहरु तिब्र गतिमा अगाडि बढ्ने र चाडै समिक्षा शुरु गर्ने, सूचना प्रकाशन र प्रशारणलाई बढ्वा दिने बताउनुभयो । उहाँले नगरपालिकामा अवको समृद्धिको काममा सहकार्य गर्न सवैलाई अपिल गर्नुभयो ।

नगरपालिकाका प्रशासन प्रमुख लक्ष्मी न्यौपानेले मिडिया सहकार्य महत्वपूर्ण भएकाले प्रवर्धन गर्न समेत आवश्यक रहेको र नगरपालिकामा सरसफाई बिषयमा भएका कामहरु जानकारी दिनु भएको थियो ।

पत्रकारहरुसँगको छलफल कार्यक्रममा नगरपालिकाले अव सफाई अभियान र फोहोर व्यवस्थापन अभियान थालेकाले घरयासी कर रु एकसय, व्यवसायी कर रु तीन सय तोकिएको बताउनुभयो । गाउँसभाको निर्णय अनुसार राजश्व समितिले निर्धारण गरेको कर रहेको नगरपालिकाले जानकारी दिएको छ । छलफलमा पत्रकारहरुले आफ्नो जिज्ञासा राखेका छन् । पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले नगरको समृद्धि र विकासमा जुम्लाको मिडिया सहकार्य र समन्वय गर्न तयार भएको भन्दै सकारात्मक काममा सहायोग गर्ने जोड दिनुभयो ।

उहाँले सूचना प्रचार प्रसारलाई बास्केट फण्ड गरेर अगाडि बढ्न, पत्रकारहरुको क्षमता अभिबृद्धि तालिममा सहयोग गर्न सूझाव दिनुभयो । पत्रकार धनबहादुर बुढाले सूचना प्रणालीमा एकद्धार प्रणाली गर्नुपर्ने भन्दै जुगाडखोला फोहोर व्यवस्था र शौचालय व्यवस्थापन गर्नमा जोड दिनुभयो ।

चन्दननाथ नगरपालिका र सदरमुकाम हिमाली क्षेत्रकै सवैभन्दा ठूलो र प्रमुख शहर भएको तर फोहोर व्यवस्थापन हुन नसकेका कारण सदरमुकाम दुर्गन्धित हुदै गएको र नगरपालिका माथी जिज्ञासा समेत तेस्रीएका छन् । अव भने नगरपालिकाले फोहोर व्यवस्थापन पहिलो प्रथामिकता राख्ने बताएको छ ।

 

प्रतिकृया दिनुहोस्