OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददातामंसिर १५, २०७८सुर्खेत
२८९ पटक

२०७८ मंशिर १६ गते,

मध्यपश्चिम विश्वविद्यालयको एघारौं सभाको बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री शेरवहादुर देउवाको निजी सचिवालय बालुवाटार, काठमाण्डौंमा सिनेट सम्पन्न भएको उपकुलपति नन्दबहादुर सिंहले जानकारी दिनुभयो । उक्त सभाको अध्यक्षता  प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा ज्यूले गर्नु भएको थियो । सभाको वैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल समेत उपस्थित भएको थियो ।

सभामा सांसद, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, त्रिभुवन विश्वविद्यालय र पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, मपवि सेवा आयोगका अध्यक्ष तथा सदस्य, मपवि रजिष्ट्रार, सभासद तथा आमन्त्रित विशिष्ठ महानुभावहरू लगायतको उपस्थिति रहेको थियो ।

विश्वविद्यालयको एघारौं सभामा स्वागत मन्तव्य एवं विषय प्रवेश मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले प्रस्तुत गर्नुभएको थियो भने रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले सभाको संचालन गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस्