OnlinePana

आज : २०८१ पौष २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही ,कार्तिक २, २०७८जुम्ला,
१५४६ पटक

कात्तिक २ गते । भित्र्याउनै लागेको मार्सी धानको खेतहरुमा बाढी आएपछि किसानलाई रुनु र हास्नु भएको छ ।

जुम्लाको तिला र हिमा नदी छेउ छाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधाका खेतहरुमा बाढि पसेपछि ठूलो मात्रामा धान क्षेति भएको किसानहरुले जनाएका छन् । जुम्लाको तातोपानी देखी पानसय क्षेत्र र कुडारी हुदै नुवाकोट क्षेत्रमा भारी बर्षा र बाढीले मार्सीधानका कतै खेत त कतै धान डुवाएर लिएको स्थानीयले जनाएका छन् । मार्सीधानको उद्गम स्थल मानिने लाछु ज्यूलाको आधा भागमा बाढि आएको र ठूला ठूला काठमा पुलहरु समेत बगाएर ल्याएको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानलेले जानकारी दिनुभयो ।

उहाँका अनुसार लाक्षु ज्यूलाको बिचैमा बाढी आएर भित्र्याउन लागेको धानमा ठूलो क्षेति भएको जानकारी दिनुभयो । उहाँका अनुसार तिला नदि बढेर तातोपानी धारामा समेत आउन थालेको छ ।

तातोपानी गाउँपालिका ४ हाँकु क्षेत्रको ठाँटा ज्यूलोमा ठूलो क्षेति भएको स्थानीय देवी प्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नो चारभारी सहित किसानको ५०, ६० भारीको धानको फाटमा नदि बगिरहेको बताउनुभयो । उहाँका अनुसार हाँकुको नेत्रज्योति माविको प्रांगणमा पानी पसिसकेको छ ।

यता चन्द्यननाथ नगरपालिकाको तलिउम क्षेत्रमा पनि ठूलो बाढि आईरहेको किसान धनरासी भण्डारीले जानकारी दिनुभयो ।
तिला गाउँपालिका ४ का स्थानीय प्रेमबहादुर शाहीका अनुसार अविरल बर्षाले तिला गाउँपालिकाको वडा नम्बर ४ स्थित सापुल्ली, नुवाकोट र रावतवाडामा झण्डै पाँच हजार हेक्टरमा रहेको धानखेती र पुल समेत बगाएको छ ।

लगातारको बर्षाले मार्सी काटेका धानहरु एकातिर खेतमै थन्किएर नष्ट भएका छन भने अर्को तिर मार्सिका फाटनै बगाएर लिइपछि भित्रीन लागेको धानमा ठूलो क्षेती भएको छ । यसैगरी सिमी र घास समेत कुहिएको किसानहरुले जनाएका छन् ।

यता सिञ्जा क्षेत्रमा भने टेलिफोन लागेको छैन् । सिञ्जा क्षेत्रमा समेत हिमा नदीको वाहावले ठूला मार्सीधानका फाटहरु क्षेति हुन सक्ने अनुमान गरिएको छ । यसैगरी तातोपानी ८ स्थित टोप्ला क्षेत्रमा ठूलो बाढी आएको स्थानीयले जनाएका छन् ।

प्रतिकृया दिनुहोस्