OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही , चैत्र २, २०७६जुम्ला
८५९ पटक

खलङ्गा चैत्र २ गते । हिउँ पर्ने निश्चित समय हुन्थ्यो यो बर्ष धेरै हुदा हामी पनि अच्चम भएका छौ । जुम्ला चन्दननाथ नगरपालिका भारतीबाडा निवासी शुरत हितानले भन्नुभयो । उहाँले भन्नुभयो, हिउँ पर्यो हिउँदको एक दुई पटक मात्रै भन्दा अच्चम लाग्थ्यो तर यो बर्ष धेरै पटक हिउँ परेकाले दैनिक हिउँ पर्छ जस्तै लाग्छ ।
हिमपात हुनु कुनै आश्चार्य होईन तर किन फरक फरक समयमा हिउँ पर्छ भन्ने बिषयमा यहाँका स्थानीयहरु अहिले दंग पर्दछन् । महिना लागेपछि जुम्लामा फेरी हिमपात भएको छ । चैत्र महिनामा पनि हिउँ परेपछि स्थानीय अच्चमित भएका छन् । हिमपातले यहाँको जनजीवन प्रभावित भएको छ । यस पटक भने लगातार दुई दिन परेको पानी पछि हिउँ परेको छ । हिउँपरेपछि चिसोले खानेपानीको धामा समेत पानी जमेर आईरहेको छैन भने यातायात प्रभावित भएको छ ।
विशेषगरी हवाई यातायात ३ दिन देखी ठप्प भएको नागरिक उड्यन प्राधिकरण कार्यालय जुम्लाले जनाएको छ । हवाई सेवा वन्द हुदा उडान हुन नसकेको नागरिक उड्यनन प्राधिकरण महेन्द्र सिंहले जानकारी दिनुभयो । करिब ५ महिना देखी लगातार पानी र हिउँको चिसोले सास्ति गरेको छ । चिसोले रुघाखोकीका विरामीहरु बढ्दै आएका छन् । अस्पतालमा समेत बिरामी बढेका स्वास्थ्य संस्थाहरुले बताउदै आएका छन् । चिसोले विकास निर्माणका काममा समेत प्रभावित भईरहेको छ । पानीको धारामा तातोपानी हाल्दा पनी पानी नआएको स्थानीय शुलोचना हितानले जानकारी दिनुभयो । जुम्लाको तापक्रम शनिवार रेर्कड गरिए अनुसार माईनस माईनस २.६ डिग्री रहेको जल तथा मौसम विज्ञान कार्यालय जुम्लाले जनाएको छ ।
विज्ञहरु यस बिषयमा भने समय अनुसार नभई तलमाथी फेरवदल भएर हिउँ पर्ने तथा धेरै कम पानी पर्ने बिषय जलवायू परिवर्तनको प्रभाव भएको बताउछन् । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयका उपसचिव डा. केशवराज गौतमले फेर बदल भएर बर्षा हुने र हिउँ पर्ने जलवायू परिवर्तनको प्रभाव भईरहेको जानकारी दिनुभयो । उहाँले आफु कर्णालीमा संचालन भईरहेको क्याप्स कर्णाली परियोजनामा काम गरिरहेकै हुदा जलवायू परिवर्तनको प्रभाव भएको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, नेपाल सरकार पछिल्लो दुई बर्ष देखी अत्याधिक मात्रामा हिउँ पर्नु र निरन्तरता हुनुले जलवायू परिवर्तन भएको मान्न सकिन्छ ।
यसैगरी कर्णाली क्याप्स परियोजना वनमन्त्रालय, विश्व खाद्य कार्यक्रम र पेस नेपालको सहकार्यमा कर्णालीका तीन जिल्ला जुम्ला मुगु र कालिकोटमा करिब एक अर्बको बजेटको काम भईरहेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी अहिले कार्यक्षेत्रका स्थानीय तहको स्थानीय अनुकुलन कार्ययोजना समेत निर्माण गर्न तयारी भईरहेको जनाईएको छ ।
यसैगरी जिल्ला समन्य समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले यसरी अनियन्त्रित हिउँ पानी पर्नु जलवायू परिवर्तनको प्रभाव भएको दावी गर्नुभयो ।

क्याप्सन ः जुम्लामा पछिल्लो पटक चैत्र २ गतेको हिमपात तस्बिर नेत्र शाही जुम्ला ।

प्रतिकृया दिनुहोस्