OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआश्विन ९, २०७८जुम्ला
८८६ पटक

९ असोज २०७८, शनिबार

जुम्लामा नेपाली काँग्रेसका सबै वडा अधिवेशन सम्पन्न भईसकेका छन् । जिल्लाको ६० वडाको अधिवेशन सम्पन्न भएपछि अब एक नगरपालिका र सातवटा गाउँपालिकाको अधिवेशन आजदेखि काँग्रेसले जुम्लाले थालेको छ ।

गाउँ तथा नगरपालिकाको अधिवेशन दुई दिनभित्र सम्पन्न हुने गरी आजबाट सहमतिको प्रयास थालिएको नेपाल काँग्रेस महासमिति सदस्य गौरीनन्द आचार्यले जानकारी दिनुभयो । “गुठिचौर गाउँपालिकाको सभापति करिब सहमति नजिक छ,” उहाँले भन्नुभयो, “जतिसक्दो सबै पालिकामा सहमितका साथ सभापति चुन्ने प्रयास भईरहेको छ ।”

काँग्रेसले जिल्ला तथा प्रदेश सभापतिहरुको पनि उम्मेदवारी टुङ्ग्याएको जनाएको छ । जिल्ला सभापतिहरुमा संस्थापन पक्षबाट कर्णबहादुर शाही र पौडेल पक्षबाट बहालवाला सभापति दीपबहादुर शाहीको उम्मेदवारी टुङ्गो लागेको महासमिति सदस्य आचार्यले बताउनुभयो । उहाँका अनुसार प्रदेश ‘क’ को सभापतिमा संस्थापन पक्षका नारायण (विष्णु)बहादुर शाही र पौडेल पक्षका लक्षिमन बोहोरा तथा प्रदेशको ‘ख’ को सभापतिमा संस्थापन पक्षका भीमनिधि हमाल र पौडेल पक्षका कालीबहादुर बुढाको उम्मेदवारी टुङ्गो लागेको छ ।

यो अधिवेशनबाट प्रदेशमा १२ पदाधिकारी जाने र जिल्ला कार्यसमितिको ५१ सदस्यीय हुने जनाईएको छ । सोमबारबार सम्म सम्पन्न हुने नगरको हकमा १७२ मतदाताले भाग लिनेछन् । यही असोज १५ गते हुने जिल्ला अधिवेशनमा ९६५ जना मतदाताले भाग लिने काँग्रेस जुम्लाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्