OnlinePana

आज : २०८३ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन १९, २०७८
४१५ पटक

१९ साउन २०७८, मंगलबार

नेपालमा प्रकाशित पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्थाका लागि आवश्यक समन्वय गरिदिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र हुलाक सेवा विभागलाई प्रेस काउन्सिल नेपालले आग्रह गरेको छ ।

यस भन्दा पहिले हुलाक सेवा विभाग र जिल्ला हुलाक कार्यालयमा दर्ता भएका पत्रपत्रिकालाई हुलाकमार्फत निःशुल्क पठाउने व्यवस्था रहेकोमा सो व्यवस्थाविपरीत पत्रपत्रिकाका प्रत्येक प्रतिमा टिकट टाँस्नुपर्ने अनिवार्य गरेकोमा काउन्सिलले चासो देखाएको हो ।

यस विषयमा पत्रकार जगतबाट काउन्सिलमा गुनासो आएकाले समन्वयको लागि मन्त्रालय र हुलाक सेवा विभागलाई लिखित पत्र पठाइएको काउन्सिलले बताएको छ । पत्रपत्रिकालाई परेको यस प्रकारको समस्या फुकाउन आवश्यक सहजीकरणका लागि पनि काउन्सिलले सो पत्र मार्फत अनुरोध गरेको जनाईएको छ ।

प्रतिकृया दिनुहोस्