OnlinePana

आज : २०८२ बैशाख ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
जेठ १७, २०७८
७६० पटक

१७ जेठ २०७८, सोमबार

कर्णालीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा कमि आएको छैन । यद्यपि पछिल्लो समयमा यो प्रदेशमा कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या भने दिनहुँ वृद्धि हुँदै गएको छ । आज मात्र कर्णाली प्रदेशमा ५१२ जनाले कोरोना संक्रमण जितेर घर फर्केका छन् ।

विसं.२०७६ साल चैत्र ११ गतेबाट नेपाल सरकारले कोरोना भाइरस संक्रमणको प्रतिकार्य, रोकथाम तथा यनयन्त्रणका लागि बन्दाबन्दी गर्यो । त्यो समयदेखि कर्णालीमा हालसम्म एक लाख १५ हजार ४३३ जनाको कोरोना संक्रमण परीक्षण गरिएको छ । जसमा १७ हजार १५० अर्थात् १५ प्रतिशतमा संक्रमण देखिएको छ । संक्रमण देखिएको कुल संख्यामा ९५ प्रतिशत अर्थात् १६ हजार २६३ संक्रमितले कोरोना भाइरस जितेर घर फर्केको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा.रविन खड्काले जानकारी दिनुभयो ।

“पछिल्लो २४ घण्टामा एक हजार ११३ जनाको कोरोना परीक्षण गरिएकोमा २०६ जनामा संक्रमण पुष्टि भएको छ,” निर्देशक डा.खड्काले भन्नुभयो, “कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा यो प्रदेशमा चार जनाले ज्यान गुमाएका छन् ।” मृत्यु हुनेमा सुर्खेतका दुई, सल्यान र जुम्लाका एकए÷क जना रहेको उहाँले बताउनुभयो ।

निर्देशक डा.खड्काका अनुसार कोरोना भाइरसबाट गम्भीर प्रकृतिका छ जना भेन्टिलेटरमा र ५३ जना आइसियुमा उपचार भईरहेको छ । त्यस्तै, संक्रमितहरुमा ३७० जना आइसोलेसन केन्द्र र पाँच हजार १७१ जना होम आइसोलेसनमा रहेका छन् । कर्णालीमा मृत्यु हुने संक्रमितको संख्यामा केहप् हदसम्म कमि आएपनि मर्ने क्रम निरन्तर रहेकोले आजका दिनसम्म २४५ जना व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जानकारी दिएको छ ।

 

प्रतिकृया दिनुहोस्