सुर्खेत, ३१ साउन ः जिल्ला प्रहरी कार्यालय सुर्खेतले रु.दुई हजार ८०० मा मोटरसाईकल खरिद गर्ने दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महावै गाउँपालिका ३ रिठा दैलेखका २१ वर्षीय अक्ष मल्ल र भारत बहराइज जिल्ला थाना नानपारा निवासी २० वर्षीय दिलशाद खान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीेले जानकारी दिनुभयो । हाल बीरेन्द्रनगर नगरपालिका ३ तातोपानी सुर्खेतमा डेरागरी बस्ने मल्लले भे१प २०६० नम्बरको १२५ सिसीको हिरो होण्डा मोटरसाईकल चोरेर खानलाई रु.दुई हजार ८०० मा बिक्री गरेको खुलेको उहाँले बताउनुभयो ।
बाँके खजुरा गाउँपालिकामा अहद अटो रिपेरियरिङ सेन्टर सञ्चालन गर्दै आएका खानले खरिद गरेको उक्त भे१प २०६० नम्बरको मोटरसाईकललाई भे१प २०७० बनाई च्यासिस नम्बरसमेत बदलको अवस्था फेला पारिएको प्रवक्ता क्षेत्रीले बताउनुभयो । इलाका प्रहरी कार्यालय धनौली बाँकेको सहयोगमा खानलाई पक्राउगरी उनलाई बिहीबार सुर्खेत ल्याईएको उहाँले बताउनुभयो । उहाँका अनुसार चोरी मुद्दाअन्तरगत दुवैको अनुसन्धान कार्य अगाडि बढाईएको छ ।
कोरपाटी संवाददातासाउन ३१, २०७६ सुर्खेत
४९९ पटक
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री