OnlinePana

आज : २०८१ मंसिर ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाही,चैत्र ४, २०७७जुम्ला
१२४९ पटक

४ चैत २०७७, बुधबार

नाग्म–गमगढी राजमार्गको अत्यधिक कडा चट्टान भएको जिअ भिड चक्ल्याईएको छ ।

कठिन ढुंगाको चट्टानका बिचबाट खोलिएको चार मिटर बाटोलाई ६ देखि ७ मिटर बनाईएपछि नाग्म गमगडी राजमार्गको यात्रामा सहज हुने भएको छ । यातायातमा डर लाग्ने विशेषगरी सार्वजनिक ठूला गाडीहरु हिड्न कठिन सो मोड र क्षेत्रको एक हजार आठसय मिटर सडक चक्ल्याईएको डिभिजन सडक कार्यालय जुम्लाले जानकारी दिएको छ ।

डिभिजन सडक प्रमुख लिलाबहादुर भण्डारीका अनुसार नाग्म गमगडी राजमार्गकै कठिन क्षेत्र भएको जिअ भिडको अनुगमन समेत गरेर हेर्दा ठिकै काम भएको बताउनुभयो । थोदुङ कन्स्टक्सनले जिम्मा लिएको सो क्षेत्रको काम सम्पन्न भएको तर भुक्तानी भने बाँकी रहेको उहाँले जानकारी दिनुभयो । रु दुई करोड २० लाख बजेटको उक्त निर्माण कार्य सम्पन्न भएको जनाउनुभयो ।

सुधारहुदै सडकः

यसैगरी नाग्म गमगडी राजमार्गको धेरै जसो क्षेत्रमा बाटो सुधार भएको र बन्ने क्रम जारी भएकाले यो आर्थिक वर्षमा गाडी सजिलै गुड्नेगरी काम भईरहेको डिभिजन सडकले जनाएको छ ।

डिभिजन प्रमुख भण्डारीका अनुसार धेरै जसो स्थानमा सुधार भएको छ । सबैभन्दा बढि हिलो क्षेत्र सिञ्जाको घोडेड्गामा सुधार भयो । गुठिज्यूला पनि गाडी अड्किने सम्भावना छैन । रोकायावाडामा पनि सुधार भएको छ ।

सडक हिलो र खाल्डाखुल्डीले गर्दा रारा सिञ्जा जाने पर्यटकहरुलाई सास्ती भईरहेको समयमा ग्राभेल र स्तरवद्धि पछि सजिलो हुने भएको छ ।
यसैगरी जुम्लाको कनकासुन्दरी गाउँपालिका र मुगुको सिमाना भुलभुले देखी सातमोड सम्म ग्राभेल भएको हुदा त्यहाँ पनि गाडी बर्खा याममा सजिलै गुडने भएको छ ।

अब मुगु क्षेत्रको अलिकति पिनाको अगाडि थोरै ग्राभेल र ताल्चाको उकालोमा ग्राभेल हुन बाँकी रहेको र यही आर्थिक वर्षमा बनाउने सरकारको लक्ष्य रहेको कार्यालयले जनाएको छ । सिञ्जा क्षेत्रको नाग्म गमगडी राजमार्गको १३ किलोमिटर बाँकी ग्राभेल पनि शुरु गर्न थालिएको छ । स्थानीय बलबहादुर शाही र सुभाष महतले कामको जिम्मा लिएर काम थालिएको जनाईएको छ ।

सो राजमार्गमा भने योजना अनुसारको काम सम्पन्न गर्न आवश्यक बजेट रु २० करोड रहेको छ । डिभिजन प्रमुख भण्डारीका अनुसार सो बजेट माग गरिएको र चाडै आउने आशा भएको बताउनुभयो ।

नाग्म गमगडी राजमार्गमा निर्माण व्यवासयीले काम लिने तर छोडेर जाने प्रवृत्तिले ढिलाई भएको समयमा यस वर्ष भने कामहरु भईरहेको स्थानीय बताउछन् । स्थानीय शिक्षक खम्बा शाहीका अनुसार राजमार्ग स्तरवृद्धि भएमा स्थानीय यात्रा तथा पर्यटकलाई सजिलो हुने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्