४ चैत २०७७, बुधबार
नाग्म–गमगढी राजमार्गको अत्यधिक कडा चट्टान भएको जिअ भिड चक्ल्याईएको छ ।
कठिन ढुंगाको चट्टानका बिचबाट खोलिएको चार मिटर बाटोलाई ६ देखि ७ मिटर बनाईएपछि नाग्म गमगडी राजमार्गको यात्रामा सहज हुने भएको छ । यातायातमा डर लाग्ने विशेषगरी सार्वजनिक ठूला गाडीहरु हिड्न कठिन सो मोड र क्षेत्रको एक हजार आठसय मिटर सडक चक्ल्याईएको डिभिजन सडक कार्यालय जुम्लाले जानकारी दिएको छ ।
डिभिजन सडक प्रमुख लिलाबहादुर भण्डारीका अनुसार नाग्म गमगडी राजमार्गकै कठिन क्षेत्र भएको जिअ भिडको अनुगमन समेत गरेर हेर्दा ठिकै काम भएको बताउनुभयो । थोदुङ कन्स्टक्सनले जिम्मा लिएको सो क्षेत्रको काम सम्पन्न भएको तर भुक्तानी भने बाँकी रहेको उहाँले जानकारी दिनुभयो । रु दुई करोड २० लाख बजेटको उक्त निर्माण कार्य सम्पन्न भएको जनाउनुभयो ।
सुधारहुदै सडकः
यसैगरी नाग्म गमगडी राजमार्गको धेरै जसो क्षेत्रमा बाटो सुधार भएको र बन्ने क्रम जारी भएकाले यो आर्थिक वर्षमा गाडी सजिलै गुड्नेगरी काम भईरहेको डिभिजन सडकले जनाएको छ ।
डिभिजन प्रमुख भण्डारीका अनुसार धेरै जसो स्थानमा सुधार भएको छ । सबैभन्दा बढि हिलो क्षेत्र सिञ्जाको घोडेड्गामा सुधार भयो । गुठिज्यूला पनि गाडी अड्किने सम्भावना छैन । रोकायावाडामा पनि सुधार भएको छ ।
सडक हिलो र खाल्डाखुल्डीले गर्दा रारा सिञ्जा जाने पर्यटकहरुलाई सास्ती भईरहेको समयमा ग्राभेल र स्तरवद्धि पछि सजिलो हुने भएको छ ।
यसैगरी जुम्लाको कनकासुन्दरी गाउँपालिका र मुगुको सिमाना भुलभुले देखी सातमोड सम्म ग्राभेल भएको हुदा त्यहाँ पनि गाडी बर्खा याममा सजिलै गुडने भएको छ ।अब मुगु क्षेत्रको अलिकति पिनाको अगाडि थोरै ग्राभेल र ताल्चाको उकालोमा ग्राभेल हुन बाँकी रहेको र यही आर्थिक वर्षमा बनाउने सरकारको लक्ष्य रहेको कार्यालयले जनाएको छ । सिञ्जा क्षेत्रको नाग्म गमगडी राजमार्गको १३ किलोमिटर बाँकी ग्राभेल पनि शुरु गर्न थालिएको छ । स्थानीय बलबहादुर शाही र सुभाष महतले कामको जिम्मा लिएर काम थालिएको जनाईएको छ ।
सो राजमार्गमा भने योजना अनुसारको काम सम्पन्न गर्न आवश्यक बजेट रु २० करोड रहेको छ । डिभिजन प्रमुख भण्डारीका अनुसार सो बजेट माग गरिएको र चाडै आउने आशा भएको बताउनुभयो ।
नाग्म गमगडी राजमार्गमा निर्माण व्यवासयीले काम लिने तर छोडेर जाने प्रवृत्तिले ढिलाई भएको समयमा यस वर्ष भने कामहरु भईरहेको स्थानीय बताउछन् । स्थानीय शिक्षक खम्बा शाहीका अनुसार राजमार्ग स्तरवृद्धि भएमा स्थानीय यात्रा तथा पर्यटकलाई सजिलो हुने बताउनुभयो ।
नेत्र शाही,चैत्र ४, २०७७जुम्ला
१२६३ पटक
- युद्धले अरू देश ध्वंस भएका बेला अमेरिका मालामाल !
- वडापालिकाको आम्दानी स्रोत बन्यो तातोपानी धारा
- समाज बदल्ने उपदेश दिनेले बदलिएर देखाउनुपर्छः मुख्यमन्त्री कँडेल
- शिक्षकलाई स्थानीय तहको ज्यादतीबाट मुक्त गर्न ध्यानाकर्षण
- जुम्लामा लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन
- बजेट खर्च प्रतिशत कम भन्ने समाचार नआओस्ः प्रदेश प्रमुख जोशी
- कर्णालीमा एक लाख २० हजार किशोरीलाई एचपिभि लगाउँदै सरकार