असोज ५ गते । बेवारिसे अवस्सथामा उद्धार गरिएकी जुम्ला सिञ्जाकी एक महिलाको स्वास्थ्य सुध्रिएको छ ।
सामाजिक विकास मन्त्रालय सुुुुुर्खेत र मानव सेवा आश्रमले उद्धार गरेर एक बर्ष देखी संरक्षणमा रहेकी ति महिलाको स्वास्थ्य अवस्था सुध्रिएपछि घर जान खोजिरहेकी सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले जानकारी दिनुभयो ।
जुम्ला सिञ्जा मात्रै भन्ने तर गाउँ भन्न नसक्ने ति महिलाको डोईला क्षेत्री नाम हो । उहाँ सँग अहिले दुई छोरी साथमा छन् । घर जान चाहिरहनु भएकाले गाउँ पत्ता नलागेको उहाँले थप्नुभयो ।
२०७६ भाद्रमा सुर्खेतको बराहतालबाट उद्धार गरि मानव सेवा आश्रम सुर्खेतमा सामाजिक विकास मन्त्रालय, मानव सेवा आश्रमले संरक्षण गरि राखेर अहिले अहिले सन्चो हुनु भएको ज्ञवालीले जानकारी दिनुभयो ।
उहाँलाई सन्चो भएपनि घर कुन गाउँ हो पहिचानको प्रयास भईरहेको उहाँले जानकारी दिनुभयो । उद्धार गरिएको अवस्था बाट अहिलेको अवस्थामा आमा र छोरी स्वस्थ्य रहेको देखिन्छ ।
अधिकृत ज्ञवालीले भन्नुभयो, उहाँको घर पत्ता लगाउन स्थानीय प्रशासन सँग समेत कुरा गर्ने तयारी भईरहेको छ । अव जुम्लाका सिञ्जा क्षेत्रका सिञ्जा, कनकासुन्दरी र हिमा गाउँपालिका र वडापालिकाको उहाँलाई पुनस्थापना गर्न सहयोग आवश्यक रहेको छ । यदि घर, गाउँ र अभिभावक पत्ता लागेमा सम्पर्क नम्बर ९८५८०६३५०५, ९८४८३००८६८, ९८५५०७६००६ मा सम्पर्क गरि खबर गरिदिन अनुरोध गर्नुभयो ।
यता मानवसेवा आश्रमका सृजना वलीका अनुसार २०७६ साल भदौ महिनामा बहराताल गाउँपालिकामा क्षेत्रीको महिनाको बच्चा सहित वेवारिसे अवस्थामा भेटाईएको र अहिले आश्रममा पूर्ण स्वस्थ भईसकेकाले आफु घर जान तयार भएको डोईला क्षेत्रीले बताउने गरेको जानकारी दिनुभयो ।
नेत्र शाही आश्विन ५, २०७७जुम्ला,
९५८ पटक
- थेल्स, टेस्ला र नरेश
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धीको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन जुम्लामा हुँदै
- ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी
- लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल
- कर्णालीमा ‘औद्योगिक प्रदर्शनी प्रतियोगिता’ भोलिदेखि
- औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम
- अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री
- नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छः मन्त्री भण्डारी
- मप विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउछौंः उपकुलपति गौतम