OnlinePana

आज : २०८२ बैशाख ९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
साउन २५, २०७७
१०७४ पटक

 

२५ साउन २०७७, आईतबार

जिल्ला प्रहरी कार्यालय जुम्लाले १५ वर्षीय किशोरीसहित विप्लव समुहका तीन जना कार्यकतालाई पक्राउ गरेको छ ।

प्रहरीले तिला गाउँपालिका ७ जुम्ला घोडेसिन गाउँबाट शनिबार बेलुका पक्राउ गरेको हो । घोडेसिन गाउँमा चन्दा संकलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको जिप्रका जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो ।

“पक्राउ पर्ने विप्लवका कार्यकर्ताहरुमा हिमा गाउँपालिकाका ७ जुम्ला पातरखोलाका १५ वर्षीय सपना बुढा, सोही गाउँपालिका तथा वडाका २९ वर्षीय नन्दबहादुर तिरुवा र सोरु गाउँपालिका ६ मुगु निवासी २९ वर्षीय रक्षक भनिने राजबहादुर भाम रहेका छन्,” प्रहरी नायब उपरीक्षक धामीले भन्नुभयो, “पक्राउ परेका विप्लव समुहका सबैको अनुसन्धान प्रक्रिया अगाडि बढेको छ ।”

१५ वर्षीय किशोरी सपना बुढाको मुद्दा प्रक्रिया विषयमा वकिलको सल्लाह लिएर अनुसन्धान कार्य अगाडि बढाईने उहाँले बताउनुभयो । प्रहरीको अनुसार उनीहरुलाई चन्दा संकलनको रसिद र अन्य कागजातसहित उनीहरुलाई समातिएको हो ।

प्रतिकृया दिनुहोस्