
मुगु/ असार २१ गते ।
मुगुमा स्वंसेवि रक्तदाता समाज गठन गरिएकाे छ । स्वास्थ्यकर्मी बलिराज बुढाकाे अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएकाे छ । समितिकाे उपाध्यक्षतामा सकुन्तला वुढा, सक्क बुढा सचिव , काेषाध्यक्ष सितला मल्ल, जिम्मेद लामा, नवीन कार्की, मुकेश सहित ११ सदस्यीय समिति गठन भएकाे छ ।
शनिबार नेपालका सर्वाधिक रक्तदाता,नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं नेपाल रेडक्रस साेसाइटीका केन्द्रीय काेषाध्यक्ष प्रेमसागर कर्माचार्यकाे सक्रियतामा मुगुमा समिति गठन गरिएकाे हाे ।
६३ बर्षका कर्माचार्य १८७ औं पटककाे रक्तदान जिल्ला अस्पताल मुगुमा गर्नु भएकाे छ । मुगुमा जिल्ला स्वयंसेवी रक्तदाता समाज गठन हुनुले रक्तदानमा केही आशा गर्न सकिन्छ । यहाँ रगत चाहियाे भने मान्छे खाेज्नु पर्ने अवस्था छ । सुत्केरी र सल्यक्रियाका विरामीका लागि रगत अभाव हुने गरेकाे स्वास्थ्यकर्मी तथा स्वंसेवि रक्तदान समाजका अध्यक्ष बुढाले बताउनु भयाे ।









