
- जुम्ला जिल्ला कर्णालीकाे चाैथाे खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा भएकाे छ ।
नेत्र शाही / जुम्ला ,
असार १५ गते । जुम्ला जिल्लालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा भएकाे छ ।
जुम्लाका आठवटै पालिका पुर्ण खाेप सुनिश्चित तथा दिगाेपना घाेषणा भए सँगै जिल्लालाई समेत घाेषणा गरिएकाे हाे ।
जिल्ला खाेप समन्वय समितिका संयाेजक तथा जिल्ला समन्वय प्रमुख गाैरीनन्द आचार्यले उक्त कार्यक्रमकाे घाेषणा गर्नु भयाे ।
प्रदेश खाेप समन्वय समितिका सदस्य तथा जनस्वास्थ्य अधिकृत ओेम प्रसाद पाैडेलले जिल्लालाई प्रमाणपत्र दिएर पुर्णखाेप सुनिश्चितता तथा दिगाेपना जिल्लाकाे प्रमाणपत्र जुम्लालाई दिनुभयाे ।
प्रमुख जिल्ला अधिकारी दिपक पाैडेलले बालबालिकाले पाउने खाेेपकाे अधिकार महत्वपुर्ण भएकाे बताउनुभ भयाे । उहाँले अहिले खाेप लगाउने सचेतना बढ्ने गरेकाे छ ।
उहाँले स्थानीय स्तरबाट लक्षित बालवालिकाबाट नछुटाउने, अपाङ्गताबाट बचाउने हाे । यसमा सवै वालवालिकाले खाेप पाउने बिषय सुनिश्चित प्रमुख रहेकाे बताउनुभयाे ।
जिल्लामा खाेप सुनिश्चित तथा दिगाेपनाकाे बिषयमा जनस्वास्थ्य सेवा कार्यालय प्रमुख किरण शर्माले प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रममा दिगाेपना घाेषणा गर्ने सवै स्थानीय तह तथा सहयाेगी सराेकारवाला निकायलाई प्रमाणपत्र सहित सम्मान गरिएकाे छ ।








