काठमाडौँ, जेठ ३१ गते । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन ।
सभाको आजको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयकमाथि दफावार छलफलका लागि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बोल्न समय दिँदा सांसद गिरीले उठेर बोल्न खोजेपछि सभामुखले उहाँको संशोधन अस्वीकृत भएकाले बोल्न समय दिन नसकिने जानकारी दिनुभयो ।
सभामुख सापकोटाले गिरीले पेश गरेको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को दफा ११२ को (२) बमोजिम प्रक्रिया पूरा नभएकाले अस्वीकृत भएको घोषणा गरी आफ्नो स्थानमा बस्न आग्रह गर्नुभयो । सांसद् गिरीले बोल्न समय माग गर्दा अन्य सांसद्ले समय नदिन हुटिङ गरेका थिए । सो उपदफामा कुनै विधेयकमाथि सांसद्को संशोधनलाई स्वीकृत वा अस्वीकृत गर्ने अधिकार सभामुखलाई दिइएको छ । गिरीले नयाँ नक्शामा समावेश भएको कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूगाग हो भन्ने प्रमाण नभएको जिकिर गरी संशोधन पेश गर्नुभएको थियो । । उक्त संशोधन पार्टीको सहमति विपरीत भएकाले फिर्ता लिन पार्टीले गिरीलाई निर्देशन दिएकामा उहाँले अटेर गर्दै आउनुभएको थियो । सो विषयमा गिरीका अभिव्यक्ति र संशोधनलाई राष्ट्रियताविरोधी भनी आलोचना भएको थियो ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले दफाबार छलफलमा गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको थियो । विधेयकमाथि शीर्ष नेतासहितले विचार प्रस्तुत गरेपछि निर्णयार्थ प्रस्तुत गरी पारित गरिने कार्यसूची छ । रासस
कोरपाटी संवाददाताजेठ ३१, २०७७काठमाडौं
९३३ पटक
- अस्थायी कर्मचारी संगठनका अध्यक्ष, शक्तिको आडमा १७ वर्षदेखि एउटै कार्यालयमा
- हिमाको ओदीमा रु दुईलाख राशीको भलिवल प्रतियोगिता
- प्रभावकारी सेवा प्रवाह र राजश्व वृद्धिमा ध्यान दिन वनमन्त्री अधिकारीको निर्देशन
- जुम्ला राजासिममा घोडादौड प्रतियोगिता : तपेन्द्र रावल प्रथम
- चन्दननाथ नगरपालिकामा बिपतमा खट्ने स्वयंसेवक व्यूरो गठन
- जिल्ला प्रहरी कार्यालयद्धारा नागरिक सुनुवाई तथा शुभकामना आदान प्रदान
- खत्याड गाउँपालिकामा १० जना गाउँपालिका प्रहरी दिक्षित
- जुम्लामा ३४ औ ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रम गरी मनाईयो
- खेल क्षेत्रले भावनात्मक एकता बढाएको छः मन्त्री भण्डारी
- शान्ति सुरक्षा सँगै समन्वयात्मक भूमिकामा जोड दिन्छु : प्रजिअ शाही