OnlinePana

आज : २०८३ आषाढ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ४, २०८३काठमाडौं
१६ पटक

४ असार २०८३, बिह्रीबार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सुविधाभोगी विकासका कारण सडक दुर्घटना बढेको बताउनुभएको छ ।

जिल्ला ट्राफिक कार्यालय सुर्खेतकाे समन्वयमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली प्रदेश ट्राफिक व्यवस्थापन समीक्षा गोष्ठी २०८३’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले हामी आफैले गरेको विकासको दुश्परिणामले ज्यान जोखिममा गएको बताउनुभयो । त्यसमा पनि जो बढी जाने बुझेका देखिन्छन् उनीहरुकै लापरवाहीका कारण दुर्घटन सामना गर्नुपरेको उहाँको भनाई थियो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “सुविधा सम्पन्न भएर सुरक्षित भइदैन । अहिले सुविधा सम्पन्न मानिएको कर्णाली प्रदेशको राजधानी सुर्खेत सवारी दुर्घटनाका हिसाबले सबैभन्दा बढी जोखिममा छ । उपभोग गर्नुपर्ने अधिकार र पुरा गर्नुपर्ने कर्तव्य दुवैप्रति हरेक नागरिकले सचेत हुनुपर्दछ । नियम पालन र आदर सम्मान गर्ने संस्कृति कमजोर हुँदै जाँदा मानव समाजले जोखिमको सामना गर्नुपर्ने बाध्यता आईलाग्छ । यसमा सबै सजग हुनैपर्छ ।”

प्राकृतिक तथा मानवीय विपत्तिको सामना गर्न सामुहिक प्रयास आवश्यक हुने भन्दै मुख्यमन्त्री कँडेलले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्दप्रसाद रिजालले देखिने गरी काम गर्नुभएको उल्लेख गर्नुभयो । कर्णालीमा रेस्क्यू भ्यान व्यवस्थापनका लागि प्रदेश सरकारले आगामी आव.बाट काम अगाडि बढाउने विश्वास दिलाउँदै उहाँले कर्णाली राजमार्ग २४सै घण्टा सञ्चालनमा आउने गरी काम गर्न प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटलाईलाई अनुरोध गर्नुभयो ।

गोष्ठीमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल ट्राफिक लाईटका साथै नगर उज्यालो तथा फुटपाथ व्यवस्थित गर्ने कार्यक्रममा नगरपालिकाले जोड दिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले ईमान्दारलाई भर र बेईमानीलाई डर लाग्ने सिद्धान्तमा आधारित भएर काम गर्ने बताउँदै दिनभरि आफैले गरेको कामले राति निद्रा नलाग्ने गरी काम नगर्न सुझाउनुभयो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रिजालले सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर सतहतमा देखिएका सबै खाले समस्या समाधान गर्न र नागरिकदेखि उच्च तहमा रहनेहरुलाई आफ्नो कर्तव्यप्रति बोध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्