OnlinePana

आज : २०८३ आषाढ ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ ३, २०८३काठमाडौं
११ पटक

३ असार २०८३, बुधबार

सुर्खेतः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मध्यपश्चिम विश्वविद्यालयको प्रगति राष्ट्रिय शिक्षा नीतिको सफल प्रमाण भएको बताउनुभएको छ ।

उक्त विश्वविद्यालयको चौथो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षामन्त्री पोखरेलले कर्णालीको गौरवको यो विश्वविद्यालयले शैक्षिक स्तरोन्नति, अनुसन्धान र प्रविधिमा पुर्याएको योगदान उदाहरणीय भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो दीक्षान्त समारोह विश्वविद्यालयको शैक्षिक यात्राको महत्वपूर्ण कोसेढुंगाका साथै हाम्रो राष्टिय शिक्षा नीतिको सफल प्रमाण पनि हो । यसले नेपालको भविश्य निर्माणको जिम्मेवारी बहन गर्ने कुरामा विश्वस्त छु ।”

डेढ दशकमा अनुसन्धानमूलक शिक्षा, खेलकुद, डिजिटल तथा नवीनतम शैक्षिक प्रविधिको उपयोग सुनिश्चित गर्न विश्वविद्यालयले देखाएको प्रतिबद्धताको उहाँले मुक्त कण्ठले प्रशंसा गर्दै मन्त्री पोखरेलले दीक्षार्थीहरुले प्राप्त गरेको शिक्षा साँचो परीक्षाको सुरुआत भएको तर्क गर्नुभयो । शिक्षा व्यक्ति विकासका लागि मात्र नभई सिंगो समाज राष्ट्रको विकासका लागि सशक्त माध्यम भएको बताउँदै उहाँले यहाँको गुणस्तरीय शिक्षाले देशले सामना गरिहरेको अभाव, गरिबी, बेरोजगारी, स्वास्थजन्य चुनौति, जलवायु परिवर्तन, सूचना प्रविधि र जैविक विविधता जस्ता विषयमा ठोस समाधान दिन सक्षम बनाउने जनाउनुभयो ।

यो पुस्ताले उद्यमशीलता, अनुसन्धान, नवप्रवर्तनको बलमा देशको अर्थतन्त्रलाई बलियो बनाउन ठूलो योगदान दिने क्षमता राख्ने बताउनुभएका मन्त्री पोखरेलले सिकेको कला प्रयोग गर्न, विकृतिको विरुद्धमा बोल्न, सिक्ने इच्छा कायम राख्न, समयसँग प्रतिस्पर्धा गर्न र अनुशासनलाई मित्र बनाउने कुरा नबिर्सन दीक्षार्थीहरुलाई सुझाउनुभयो ।

उहाँले भन्नुभयो, “विश्वविद्यालयको पाठ्यक्रमलाई अत्याधुनिक र रोजगारोन्मुख बनाउन सरकारले हरसम्भव पहल गरिरहेका छ । यसका लागि आवश्यक बजेट, पूर्वाधार र विशेषज्ञको व्यवस्था गर्न भरपुर प्रयास गर्नेछौ । विश्वविद्यालयले स्थानीय आवश्यकताको पहिचान गर्दै प्रदेशमा प्रचुर मात्रमा रहेको जल, जडीबुटी, वन, पर्यटन र साँस्कृतिक धरोहरलाई प्राथमिकता राख्नुपर्दछ ।” यो शैक्षिक उपाधि हाँसिल गर्न अभिभावकहरु प्रमुख हकदार भएको बताउँदै उहाँले उनीहरुको भरोसा टुट्न नदिने गरी ज्ञान र सीपलाई व्यवहारमा उतार्न दीक्षार्थीहरुलाई सुझाउनुभयो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले शून्यताबाट सुरु भएको मध्यपश्चिम विश्वविद्यालयले १६ वर्षमै हाँसिल गरेको भव्य भौतिक तथा शैक्षिक सफलता प्रेरणादायी भएको बताउनुभयो । उहाँले सन् २०२४ तथ्याङ्क अनुसार नेपालको उच्च शिक्षा कुल भर्नादर मात्र २४ प्रतिशत रहेको बताउँदै औसतमा धेरै निकै भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार यसले आर्थिक सामाजिक तथा भौगोलिक कठिनाईकका कारण उच्च शिक्षाको पहँुचबाट टाढा रहेको यथार्थलाई उजागर गरेको छ ।

उच्च शिक्षमा पहुँच विस्तार गर्नु र सबै वर्ग तथा समुदायका युवाहरुलाई समान अवसर उपलब्ध गराउनु नेपालको राष्ट्रिय मूल सरोकारको विषय बन्नुपर्नेमा जोड दिँदै पूर्वउपकुलपति माथेमाले भन्नुभयो, “उच्च शिक्षामा पहुँच सीमित हुँदा मध्यम वर्गको आकार सानो बन्छ र त्यसबाट सामाजिक तथा आर्थिक असमानता अत्यधिक हुन्छ । त्यसले संस्थागत संरचना कमजोर हुँदै राजनीतिक अस्थिरताले जरा गाडेर लोकतान्त्रिक व्यवस्था समेत धरापमा पर्ने खतरा निम्तिन्छ ।”

सहकुलपति पोखरेलले उक्त समारोहका अवसरमा विभिन्न ग्र्याजुएट स्कूलका एक हजार ९२८ विद्यार्थीहरु दीक्षित गर्नुका साथै उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरुलाई विभिन्न पदक वितरण गर्नुभयो । त्यससँगै विश्वविद्यालयको १८औं सभा तथा १६औं स्थापना दिवससमेत सम्पन्न भएको छ ।

 

 

प्रतिकृया दिनुहोस्