OnlinePana

आज : २०८३ आषाढ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २, २०८३काठमाडौं
१२ पटक

२ असार २०८३, मंगलबार

सुर्खेतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सम्पन्न प्रथम कर्णाली प्रदेश महाधिवेशनबाट कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी हुनुभएको छ ।

सभापतिका अन्य प्रतिस्पर्धीद्वय नन्दकिशोर बस्नेत र स्नेहा उपाध्यायलाई पछि पार्दै खड्का भारी मतान्तरले विजयी हुनुभएको हो । उहाँले कुल खसेको ४०० मतमा २८८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जानकारी दिएको छ । प्रतिस्पर्धीद्वय उपाध्यायले ६३ र बस्नेतले ३५ मत प्राप्त गर्नुभएको थियो ।

सभापतिमा पुनः निर्वाचित हुनुभएका खड्का पार्टी स्थापनादेखि संगठन विस्तार तथा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको व्यक्तिका रुपमा चिनिन्छ । त्यस्तै, बस्नेत गत फागुनमा नेकपा एमालेबाट रास्वापामा प्रवेश गरी दैलेख क्षेत्र नं.१ प्रतिनिधिसभा सदस्यमा चुनाव लड्नुभएको थियो । नेपाली काँग्रेसका बासना थापासँग उक्त चुनावमा पराजित हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस्