OnlinePana

आज : २०८३ आषाढ ३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताआषाढ २, २०८३काठमाडौं
११ पटक

१ असार २०८३, मंगलबार

सुर्खेतः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेश रंगशाला सुर्खेतको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।

भोलि हुने मध्यपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहका लागि आज सुर्खेत आईपुग्नुभएका मन्त्री पोखरेलले निकट भविश्यमा कर्णाली प्रदेशमा हुने दशौं राष्टिय खेलकुद प्रतियोगिता तयारी र रंगशाला निर्माणबारे स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ । उहाँले प्रतियोगताका लागि अउडोर र इन्डोरमा हुने सबै खेलका भौतिक संरचना, निर्माणको कार्यमा भएको प्रगतिको कर्णाली प्रदेश खेलकुद विकास परिषद् सदस्य सचिव रविन्द्र चन्दसँग जानकारी लिनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्न रु.८० करोड बजेट छुट्याएको छ । अब निर्धारित समयमा प्रतियोगिता सम्पन्न हुन्छ ।” फुटबल मैदान, भलिबल, ब्यामिन्टन कोर्ट, क्रिकेट तालिम हल, मार्सल आर्ट्स, स्विमिङलगायत निर्मित र निर्माणाधिन संरचनाहरुको निरीक्षण गदै उहाँले कर्णाली परिषद् सदस्य सचिव चन्दलाई बाँकी रहेको निर्माण कार्य सम्पन्न गरी प्रतियोगिताको तयारीमा लाग्न सुझाउनुभयो ।

सदस्य सचिव चन्दले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि प्रदेश सरकारले रु.नौ करोड विनियोजन गरिएको बताउँदै वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेश रङ्गशाला सम्पन्न गर्न थप रु.नौं करोड तथा अन्य जिल्लाका खेल मैदान तथा कभर्डहल निर्माणका लागि रु.दश करोड बजेट विनियोजन गरेको जनाउनुभयो । उहाँले प्रतियोगिता सम्पन्नको गर्ने गरी रंगशालाको बाँकी काम पुरा गर्न तीव्ररुपमा लाग्ने बताउनुभयो ।

 

 

प्रतिकृया दिनुहोस्