OnlinePana

आज : २०८३ आषाढ १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री

राससकर्मी आचार्य र केसीसहित सात पत्रकार पुरस्कृत

कोरपाटी संवाददाताजेठ ३१, २०८३सुर्खेत
१४ पटक

 

३१ जेठ २०८३, आईतबार

सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले मर्यादित पत्रकारिताबाट मात्र सभ्य समाज निर्माण हुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘सुर्खेतको पत्रकारिताको इतिहास नामक पुस्तकको बिमोचन, सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले सुसंस्कृत र समुन्नत समाज निर्माणमा पत्रकारहरुको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । बिगतमा टक्राव र द्वन्द्वका बीच जटिल पत्रकारिता गर्ने पत्रकारहरुको योगदान अतुलनीय रहेको भन्दै उहाँले अहिलेका पत्रकारहरुले अशान्तिभित्र शान्ति र विकासमा सघाउने पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कँडेलले भन्नुभयो, “पेशागत मर्यादालाई केन्द्रमा राखेर काम गर्नुहोस् । सरकार र राज्यको असल पहरेदार बनेर काम गर्दा त्यसले पेशालाई बलियो, विश्वसनीय र सुदृढ बनाउछ ।” उहाँले संविधान र संघीय व्यवस्थाविरुद्ध भएका गतिविधि र व्यवस्थाको संस्थागत विकासमा सहयोग पुग्ने गरी त्यसतर्फ कलम चलाउन आग्रह गर्नुभयो ।

राससकर्मी आचार्य र केसीसहित सात पत्रकार पुरस्कृत

राष्टिय समाचार समिति रासस कर्णाली प्रदेशअन्तरगत सुर्खेतमा कार्यरत स्थानीय समाचारदाता सुरेश आचार्य र टेकराज पुरस्कृत हुनुभएको छ ।

आचार्य स्व.नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कार र केसी युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको हो । त्यस्तै, कर्मसञ्चारकर्मी ईश्वरराज अधिकारी वर्ष पत्रकारिता, कान्तिपुरकर्मी तृप्ति शाही क्रियाशील पत्रकारिता, हिमालय टेलिभिजनकर्मी रमेश पाण्डे र रेडियोकर्मी करिश्मा चौधरी विकास तथा शान्ति पत्रकारिता र बाह्रखरीकर्मी विवशकुमार सेजुवाल खानेपानी तथा सरसफाई पत्रकारिता पुरस्काबाट पुरस्कृत भएका छन् ।

 

पुरस्कृत सातै पत्रकारहरुलाई मुख्यमन्त्री कँडेलले जनही रु.पाँच÷पाँच हजार नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । त्यस्तै, नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्वअध्यक्ष दुर्गा थापा, पूर्व उपाध्यक्ष माया थापा र रेडियोकर्मी डम्बरकुमारी आचार्यलाई जनही रु.दश÷दश हजार नगदसहित प्रेस स्वतन्त्रताबाट सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा विसं.२०२७ सालमा प्रकाशित जुनकिरी पत्रिकाका सम्पादक जनकराज शर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यस्तै, डेढ÷डेढ वर्ष पदावधि लिने सहमति अनुसार महासंघ अध्यक्ष सुशीलराज शर्मालाई विदाई गर्दै मधुवन बिसीले अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ । सहसचिव नवीन सुवेदीलाई विदाई गर्दै गीता थापा र सदस्य अमर कार्कीलाई विदाई गर्दै मानबहादुर खड्काले पदीय जिम्मेवारी वहन गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस्