OnlinePana

आज : २०८३ साउन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १८, २०८३सुर्खेत
४७५ पटक

सुर्खेत / जेठ १८ गते ।

सुर्खेतमामा सञ्चालित मेयर कप फुटबल प्रतियोगितामा जुम्ला  सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार सम्पन्न क्वार्टरफाइनल खेलमा जुम्लाले चौकुनेलाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।  जुम्लाले पहिलो हाफमा अग्रता बनाएको थियो। जुम्लाका लागि योद्ध शाहीले उत्कृष्ट गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थियाे । दोस्रो हाफमा चौकुनेले खेलमा पुनरागमन गर्ने प्रयास गर्दै पेनाल्टीमा एक गोल फर्कायो। चौकुनेको गोलसँगै खेल १–१ को बराबरीमा पुगेपछि दुवै टोलीबीच प्रतिस्पर्धा थप रोमाञ्चक बनेको थियो। पुन जुम्लाका धर्मेन्द्र कुँवरले महत्वपूर्ण गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। धर्मेन्द्रको गोल नै जुम्लाका लागि जित सुनिश्चित गर्दै सेमि फाईनलमा पुगेकाे एन्फा जुम्ला अध्यक्ष भरत बुढ्थापाले जानकारी दिनुभयाे ।

प्रतिकृया दिनुहोस्