म आज रात भरि निदाउन सकिन मेरा आखाले बन्दै हुन मानेनन् , मन शान्त हुन सकेन, दिमागले थरि-थरिका प्रश्न उत्तरको सामना गरि नै रहेको थियो । सायद आजको रात मेरो मात्र यस्तो रात थिएन । यो त जुम्ला जिल्ला चन्दननाथ नगरपालिका वडा नं ३ का प्रत्येक वडा बासिकों रात थियो । यसको कारण थियो सरकारले दिएको कोरोना अपडेट जहाँ मेरो वडाका तिन जना समुदाय स्थरका व्यक्तिहरु नै संक्रमित हुन पुग्नु भयो । कोरानाको संक्रमितहरु के ? कति ? कारणले संक्रमणमा पर्नु भो भन्ने कुराको विश्लेषण नगरौ के ? कति ? कारणले यो संक्रमण फैलिन पुयो भन्ने कुरा तिर म जादिन संक्रमित आबद्ध पेशामा नै उहाँहरु कसरि असुरक्षित हुन पुग्नु भो भन्ने विषय गहन योग्य छ l
कोरोना भाईरस अर्थात “कोभिड-१९” महामारीको सन्त्रासमा विश्व अहिले आत्तिईरहेको छ । यसबाट बच्न र बचाउन विभिन्न उपायहरु अपनाईएका छन् । तर यसको बास्तविक निचोड अथवा उन्मुलनको उपयुक्त उपाय र ओखती के हुनसक्छ ? भन्ने कुरामा विश्व रुमलिरहेको अवस्थामा छ ।आज यसै क्रममा विश्व दौडाहमा निस्किएको “कोभिड-१९” मेरो गाउँ सम्म नै आई पुगेको छ । म भने काठमाडौंको बन्द कोठामा थुनिएको छु त्यसैले त म भित्रको मेरो मन मान्छेहरुले बनाएको शहरमा नभएर मनहरुले बनाईएको मेरो गाउँ तिर पुगी सकेको छ ।
जसरी याद गर्नु र यादमा आउनुमा फरक छ नि त्यसैरी नै भौतिक शरीर कतै रहनु र कल्पनामा भए पनि मन कतै पुगी सक्नुमा छुट्टै अनुभूति र आनन्द छ । दिमागले सोची सकेको छ मेरो गाउँका बारे त्यहाँको अवस्था कस्तो होला भनेर l गाउँका मनहरु आत्तिएको कुरा सामाजिक संजाल प्रयोग गर्न सक्ने क्षमता भएका व्यक्तिहरुले सामाजिक संजाल मार्फत अभिव्यक्त गरि सकेका छन् । जसलाई हामी प्रतिनिधी आवाजको रुपमा लिन सक्छौ तर आजको यो बन्दाबंदीको समयमा जो आफ्नो मनोभाव र आक्रोश कसैलाई सुनाउन कुनै माध्यको प्रयोग गर्न सक्दैन उसको मनोभाव कस्तो होला भनेर कसले बुझ्न कोसिस गर्ने । लामो समय देखि महामारी मेरो गाउँघर सम्म नपुगोस भन्दै प्रथाना गरि रहेका गाउँले आज गाउँमै कोरोना पुगेको खबरले आत्तिएका छन् । जसको परिणाम स्वरुप पछी गएर गाउँमा मनोसामाजिक समस्या नदेखेला भन्न सकिने अवस्था छैन । संक्रमणमा परेका व्याक्तिहरु कुनै बाहिरि मुलुकबाट आएका पनि हैनन् न त बाहिरी जिल्लाबाट नै आएका हुन् ।
यसको मतलब मेरो समुदायमा देखिएको यो महामारीले अवको आउदो दिनहरुमा के? कस्तो? रुप लिन सक्ला भन्ने कुराको चिन्ता म जस्तै काठमाडौंको बन्द कोठामा बस्ने गाउँबासि देखि गाउँको “ओटालो” (आगन) सम्म बस्ने मेरा गाउँले सबैमा परिसकेको छ ।
गाउँले गोठालो जान डराई सक्ने स्थिति छ , खेतीपातीको सिजन छ धान रोप्न रोप्नेरी र खेताला लगाउन एक अर्कालाई बोलाउन पनि शकाको दृष्टिले हेर्नु पर्ने अवस्था ननिम्तिएला भन्न सकिने अवस्था छैन । पानिको धारो, पधेरो अनि बाटो एकै छ पानी भर्न जादा मनमा एक अर्का प्रति डर र संका उत्पन नहोला भन्न सकिने स्थिति छैन । बोल्ल सक्ने र भन्न सक्नेले आफ्नो कुरा सुनाउन सक्छ तर जो बोल्न डराएको छ उ नै शान्त स्वरमा सबै भन्दा धेरै चिच्चाई रहेको छ l आज र अहिले नै ति मनका चित्कारलाई सम्बोधन गर्न सम्बन्धित निकायले ध्यान दिन जरुरि देखिन्छ । वडा क्षेत्रलाई सिल गरिएको छ जसको कारण आउने दिनहरुमा वडाबासीहरु भयको अवस्थाबाट गुर्जिन बाध्य नहोलान् भन्न सकिने अवस्था छैन ।
अत: अबको बाटो भनेको संक्रमितहरुको मानव मर्यादा र गोपनियतालाई समेत हेक्का राख्दै हौसला र शाहास प्रदान गर्नु पर्ने हाम्रो दायित्व निर्वाह गरौ । सबैले आफु भित्र दृढ आत्म विश्वास राखी कोरानाको करहलाई जित्न हामी सक्षम हुने कुराको दृढतामा एक जुट हौ । कोरना संक्रमण फैलिन नदिन हामी सबै सो सचेत बनौ । कोरनासंग लड्दै जीवन जिउन सिकौ । एक आपसमा आत्मबल बढाउने काम गरौ । संक्रमणबाट बच्ने, रोकथाम र नियत्रणका लागि जो जसले जे गर्नु पर्ने दायित्व हो । त्यो इमान्दारिताका साथ पालना गरौ । संक्रमित र उनका परिवारलाई अवहेलना नगरौ, कोरना बिरुद्द सामुहिक लडाई लडौ । नाम मानसम्मान पाउँन, व्यापार र राजनीति गर्न र कमाउने अबसरको रुपमा कसैले नलिऊ ।धर्म र मानबिय कर्तब्यलाई ब्यबहार देखाऔ ।सामाजिक दुरीको पालना समेतका व्यक्तिगत स्वच्छताको मापदण्ड र नियम सबैले पालना गरौ र गर्न सिकाऊ । कोभिड-१९ महामारीलाई जित्न र जिताउन संक्रमितलाई भावनात्मक साथ र सहयोग प्रदान गरौ । यसको नियत्रणमा स्थानीय सरकारलाई साथ सयोग पुर्याऊ । कसैले यो महामारीको समयम गलत कार्य गरेको छ भने त्यसको हिसाबकिताब र मुल्यांकन पछि गर्दै गरौला । आज हामी सुरक्षीत रहनु, बाच्न र बचाउनु आवश्यक छ । हाम्रो दृढता र आत्मविश्वासलाई डगमगाउन नदिउँ अब हामी साबै एकजुट भएर कोरोना माथि विजय हासिल गरौ ।
(लेखक:- अधिवक्ता अनिता तिमिल्सिना )