OnlinePana

आज : २०८३ बैशाख ३१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
नेत्र शाहीमंसिर २५, २०८२
५८९ पटक

मानव अधिकार

स्वतन्त्र भै बाँच्न पाउने हाम्रो मानव अधिकार !’ गास बासू अर्थ उपार्जन गर्न पाउने हाम्रो अधिकार !! स्वास्थ्य शिक्षा मनोरञ्जन गर्न पाउने हाम्रो अधिकार ! आफ्नो ईज्जत राखेर अरूको सम्मान गर्ने अधिकार !!

आफ्नो तर्क राखेर बाचन गर्न पाउने अधिकार ! मतलिन दिन पाउने यही हो मानव अधिकार !! आज कसकसबाट हरण भयो मानव अधिकार । हत्या हिंसा लुटमार थिचो मिचो भयो मानव अधिकार !!

झुपडी सड्क पेटीमा भयो मानव अधिकार ! भेदभाब भयो हाम्रो मानव अधिकार !! अधिकार भाषण कानुनमा सिमित छ हाम्रो मानव अधिकार ! लागु गर है रहे मानव हो छर्लङ्ग छ याहाँ मानव अधिकार !!

मूल्याङकन गर आज विश्वमै हाम्रो मानव अधिकार ! कस्तो सथतिमा दौडिरहेको छ तिम्रो मानवअधिकार !!
जीवित छ की मरिएको छ तिम्रो मानव अधिकार ! बौद्विक ज्ञानले लडभिड खोस समाल आफ्नो मानव अधिकार !!

७७ ओै मानव अधिकार दिवसकाे अवसरमा बाचन गरिएकाे कबिता ।

सुमन रोकाया
चन्दननाथ ५, जुम्ला ।

प्रतिकृया दिनुहोस्