
मानव अधिकार
स्वतन्त्र भै बाँच्न पाउने हाम्रो मानव अधिकार !’ गास बासू अर्थ उपार्जन गर्न पाउने हाम्रो अधिकार !! स्वास्थ्य शिक्षा मनोरञ्जन गर्न पाउने हाम्रो अधिकार ! आफ्नो ईज्जत राखेर अरूको सम्मान गर्ने अधिकार !!
आफ्नो तर्क राखेर बाचन गर्न पाउने अधिकार ! मतलिन दिन पाउने यही हो मानव अधिकार !! आज कसकसबाट हरण भयो मानव अधिकार । हत्या हिंसा लुटमार थिचो मिचो भयो मानव अधिकार !!
झुपडी सड्क पेटीमा भयो मानव अधिकार ! भेदभाब भयो हाम्रो मानव अधिकार !! अधिकार भाषण कानुनमा सिमित छ हाम्रो मानव अधिकार ! लागु गर है रहे मानव हो छर्लङ्ग छ याहाँ मानव अधिकार !!
मूल्याङकन गर आज विश्वमै हाम्रो मानव अधिकार ! कस्तो सथतिमा दौडिरहेको छ तिम्रो मानवअधिकार !!
जीवित छ की मरिएको छ तिम्रो मानव अधिकार ! बौद्विक ज्ञानले लडभिड खोस समाल आफ्नो मानव अधिकार !!
७७ ओै मानव अधिकार दिवसकाे अवसरमा बाचन गरिएकाे कबिता ।
सुमन रोकाया
चन्दननाथ ५, जुम्ला ।






