

जुम्ला,साउन ५ गते । जुम्लाको हिमा गाउँपालिका ३ स्थित मोफ्ला गाउँमा गाडि पुगेको छ । हिमा नदिमा पुल बन्न नसकेका कारण मोफ्ला गाउँ सड्क सञ्जालमा जोडिन सकेको छैन । तर यता अर्कोबाटो छिमेकी पालिका तिला गाउँपालिकाको कुँडारी–रुम्तु हुदै लेकबाट लिईएकोबाटो बाट मोफ्ला गाउँमा जीप पुग्दा स्थानीय खुशी भएका छन् ।
स्थानीय यूवा गोपाल रोकायाले सिंजा गाउँपालिका ६ निवासी चालक भिमबहादुर वुढाले कैलास जनरल स्टोरको जीप गाउँमा पुर्याएकोमा खुशी व्यक्ति गर्नुभयो । उहाँले छिमेकी गाउँपालिकाबाट पूर्वाधार विकास कार्यालय र सघनशहरी तथा भवन डिभिजन कार्यालयको सहयोगमा निर्माण भएको बाटोबाट जीप पुगेको हो ।
गाउँमा जीप पुग्दा स्थानीयले चालक भिमबहादुर बुढालाई स्थानीयले फुलमालाले स्वागत गरेका छन् । स्थानीय गोपाल रोकायाका अनुसार हिमा नदिमा पुल नवन्दा लामो समय देखी गाउँमा साधनहरु पुग्न सकेका छैनन । अर्कोबाटोबाट गाडि पुग्दा सहज भएको छ । अव यसबाटोबाट मोटरसाईकल, ट्याक्टर लगायतका साधनहरु पनि आवत जावत हुन सक्छ तर सो बाटो राम्ररी मर्मत हुन आवश्यक रहेको छ ।
यता हिमा नदि अन्तरगत देवारगाउँ –मोफ्ला जोड्ने पक्कि पुल निर्माणका लागि कर्णाली प्रदेश सरकारले यस बर्षका लागि रु २ करोड रुपियाँ बजेट बिनियोजन गरेको छ । तर स्रोत सुनिश्चितता नहुदा लामो समय देखी काम हुन सकेको छैन । यता हिमा गाउँपालिका वडा नम्बर ३ को जोगिबाडा गाउँपनि नाग्म गमगडि राजमार्ग सँग जोडिएको छैन् । यस गाउँमा पनि पटक पटक पक्कि पुलको लागि बजेट विनियोजन हुदा पनि स्रोत सुनिश्चित नहुदा पुल बन्न सकेको छैन् ।