OnlinePana

आज : २०८२ आषाढ २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
शिवानी सुनारआषाढ २१, २०८२जुम्ला
४७ पटक

जुम्ला/ असार २१ गते ।

जुम्लामा यूवाहरुको सक्रियतामा कपडा बैंक स्थापना गरिएको छ । यूवाहरुले विपन्न नागरिकका लागि निशुल्क कपडा बितरण गर्ने उद्देश्यका लागि चन्दननाथ नगरपालिका वडा नम्बर ५ कालेखोलीमा कपडा बैंक स्थापना गरेका हुन । कपडा बैंकको उद्घाटन चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिंह कठायतले गर्नुभयो ।

स्थानीय यूवा वालाराम नेपालीका अनुसार बिपन्न मानिसहरु कपडा नपाएर हैरान भएको अवस्थामा सहयोेगी महानुभावहरुको सहयोगमा कपडा बैंक स्थापना शुरुवात गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार को मानिसलाई कपडाको समस्या भएको छ, घरमा जानकारी नहुने बताउदै कपडा बैंकनै स्थापना गरि मानवीय सेवा गर्ने उद्देश्यले यूवाहरुको सक्रियातामा कपडा बैंक स्थापना गरेका छौ । यूवाहरुले चन्दननाथ नगरपालिका वडा ५ स्थित एनआईसि बैंक भन्दा विमानस्थल जानेबाटोमा एक सटरनै लिएर कपडा संकलन गरेका छन् । उहाँले बिपन्न परिवार तथा कुनै प्रकारको प्राकृतिक प्रकोप आएमा समेत यहाँबाट कपडा दिन सकियोस भन्ने उद्देश्यका साथ कपडा बैंकको स्थापना गरिएको हो ।

चन्दननाथ नगरपालिका जुम्लाका नगरप्रमुख राजुसिंह कठायतले सवैभन्दा ठूलो मानवीय सेवा भएको भन्दै विपन्न तथा समस्यामा परेका व्यक्तिहरुका लागि कपडा बैंक स्थापना गर्न प्रयास गर्ने सवैलाई यूवा तथा स्थानीय अगुवालाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले आफुले व्यक्तिगत तर्फबाट धेरैलाई सहयोग गरेको बताउदै अव यहाँ कपडा संकलनमा आफ्नो पनि सहयोग हुने बताउनुभयो । नगरप्रमुख कठायतका अनुसार कपडा बैंकमा सहयोगी महानुभाव तथा मानवसेवामा ईच्छा राख्ने व्यक्तिले सहयोग गर्न अपिल गर्दै कसैलाई अभाव छ भने यहाँबाट लिन नहिच्काउन अनुरोध गर्न अपिल गर्नुभयो । चन्दननाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिर्ख कार्कीले यूवाहरुले थालेको सामाजिक तथा मानवीय काम राम्रो भएको बताउदै आफ्नो तर्फबाट सघाउने बताउनुभयो ।

कपडा बैंकमा पहिलो दिन झण्डै आधा दर्जन व्यक्तिले कपडा सहयोग गर्नुभएको छ । स्थानीय चन्दननाथ नगरपालिका वडा नम्बर ५ निवासी यूवा धनराज कामीले सहयोग गर्ने महानुभवाहरुलाई धन्यवाद ज्ञापन गर्दै कपडाको अभावमा भएका महानुभावहरु ढुक्कले कपडा लिन आउन सक्नु हुन अनुरोध गर्नुभयो । उहाँले मानवीय सेवा सवैभन्दा ठूलो भएकाले यस अभियानमा सहयोग गर्न समेत अनुरोध गर्नुभयो ।

 

प्रतिकृया दिनुहोस्