

जुम्ला /असार ५ गते । जिल्लाको तातोपानी गाउँपालिका पूर्णखोप सुनिश्चितता दिगोपना गाउँपालिका घोषणा गरिएको छ ।
गाउँपालिकाले एक कार्यक्रम आयोजना गरेर जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले उक्त पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गर्नुभयो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाँईको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा गाउँपालिकाका जन्मदेखि १५ महिना मुनिका बालबालिका, १६ देखि ५९ महिना मुनिका बालबालिकाले सबै प्रकारका खोप पाएको सुनिश्चितता पाएरका छन् ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरु प्रसाद चौलागाईका अनुसार चौलागाँईले १६ महिनादेखि ५९ महिनासम्मका ५८७ जना बालबालिकाले पूर्णखोप पाएका छन् । यसैगरी जन्मेदेखि १५ महिनाका २९१ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेका छन् । उहाँका अनुसार २८३ जना बालबालिकालाई खोप कार्ड उपलब्ध गराईएको छ । यसका साथै पूर्णखोप प्राप्त गरेका ५८७ जना बालबालिका रहेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले तातोपानी पूर्णखोप सुनिश्चतता तथा दिगोपना घोषणा भएपछि जिल्लाका सवै पालिका घोषणा भएका र जिल्ला घोषणा गर्ने तयारी भईरहेको जानकारी दिनुभयो । उहाँले कार्यक्रम सम्पन्नताका लागि धन्यवाद दिनुभयो । गाउँपालिका अध्यक्ष नन्द प्रसाल चौलागाईले तातोपानी गाउँपालिकाले घोषणा गर्नुपूर्व निकै राम्रो सँग काम गरेको दावी गर्नुभयो ।
कार्यक्रममा तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावलले निकै मिहिनेत गरेर सवै वालवालिकालाई खोप सुनिश्चतता गर्ने स्वास्थ्यकर्मी सहित सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका निमित्त प्रमुख प्रेम सोमाईका अनुसार जिल्लाका सवै गाउँपालिका घोषणा भएका जानकारी दिदै यस अभियानमा लाग्ने सवैलाई धन्यवाद दिनुभयो । गाउँपालिकाका प्रवक्ता अमरबहादुर रोकायाले महिला स्वास्थ्य स्वंसेविकालाई बढि प्रशंसा गर्न आवश्यक रहेको बताउनुभयो । प्रवक्ता छिरिङ महतले सामाजिक क्षेत्रलाई प्रथामिकता दिईएको काम यो घोषणा कार्यक्रम पनि भएको बताउनुभयो ।